• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

नेपाल र श्रीलंकाबिच क्रिकेट हुदैँ

प्रकाशित मिति : शनिबार, मंसिर ७, २०७६

सिन्धुली साैगात संवाददाता

नेपाल र श्रीलंकाबिच क्रिकेट खेल हुने भएको छ । १३ औँ सागअन्तर्गत नेपालले श्रीलंकासँग भिड्ने भएको छ । पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकाको यू २३ टिमसँग खेल्ने छ । नेपाल र श्रीलंकाबीच उदेघाटन खेल मंसिर १७ गते हुनेछ । उक्त खेल टीयू मैदानमा हुनेछ ।
सागका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा पुरुष र रुबिना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट टोली घोषणा भएको छ । पुरुषतर्फ ५ टोली सहभागी भएकाले राउण्ड रोविनका आधारमा खेल हुनेछ । टेष्ट राष्ट्रका यू २३ का खेलाडीहरु श्रीलंका र बंगलादेशबाट सहभागि हुनेछन् । सागमा महिला र पुरुष दुवैतर्फ भारत र पाकिस्तान सहभागी छैनन् । यस्तै पोखरामा हुने महिला क्रिकेटमा ४ राष्ट्रको सहभागी छ । जसमा नेपालले पहिलो खेल माल्दिभसँग मंसिर १६ गते खेल्नेछ । महिलातर्फ भुटान पनि सहभागी छैन ।

महिला र पुरुष दुवैमा राउण्ड रोविनको खेलपछि पहिलो र दोस्रो हुनेबीच स्वर्ण पदकका लागि फाइनल खेल हुनेछ । १३ औं साग मंसिर १३ देखि शुरु भएर २५ गते सम्पन्न हुनेछ । उक्त खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदैछ । सागमा दोस्रो पटक क्रिकेट समावेश भएको हो । सागमा ८ वर्षपछि क्रिकेट खेल समावेश गरिएको छ