• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

पुनः निर्माणलाई गतिशिल बनाऔँ

प्रकाशित मिति : शनिबार, मंसिर ७, २०७६

सम्पादकीय

भूकम्पले भत्किएका निजी आवासमध्ये ६२ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । अझै पनि ३० प्रतिशतमाथि निजी आवासहरुको पुनः निर्माण हुन सकिरहेको छैन । त्यसैगरि, पुरातात्विक सम्पदालगायत भूकम्पले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण भने जस्तो गतिशिल हुन सकिरहेको छैन । एतिहासिक सम्पदाको पुनः निर्माणकालागि सरकारले यतिका समय लगादा कछुवा गतिको अवस्था भएको छ ।

पुनः निर्माणको कामलाई गति दिन सरकारले खडा गरेको प्राधिकरणले विश्वासीलो काम गर्न आवश्यक छ । त्यसैगरि, विद्यालय भवन पुनःनिर्माण भए पनि हस्तान्तरण नभएको, सहुलियत दरको ऋणसमेत पाउन नसक्दा पुनःनिर्माणमा समस्या भइरहेको जस्ता समस्या देखिरहदा प्राधिकरणले यी सबै गुनासोको सम्बोधन गर्न जरुरी छ ।

भूकम्पले क्षति पुर्‍याएको खानेपानीलगायत संरचना पुनःनिर्माणमा पनि ढिलाइ भइरहेको हुँदा समग्र समस्याको तथ्यांक निकालेर प्राधिकरणले काम गर्नुपर्छ । अतः पुनः निर्माणको कामलाई तिव्र बनाउन सम्बन्धित सबै पक्ष सक्रिय हुन आवश्यक छ । भूकम्पले क्षति पुर्‍याएको यतिका वर्षहुँदा पनि पीडितले सरकारको तर्फबाट राहत नपाउनु दुखद हो । त्यसैले, सम्बन्धित पक्ष पुनःनिर्माणमा गम्भिर बन्नुपर्छ ।