• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

सिन्धुली संस्कृतिक उत्सब–२०७६,सिन्धुलीमाढीमा

प्रकाशित मिति : शनिबार, मंसिर ७, २०७६

राधिका बुढाथोकी / सिन्धुली

“मौलिक संस्कृती हाम्रो सान हाम्रो पहिचान, संस्कृती संरक्षण प्रबद्र्धनको लागी हाम्रो अभियान” भन्ने मुल नारा सहित शनिवार सिन्धुली कलाघर सिन्धुलीले संस्कृतिक उत्सब २०७६ को आयोजना गरेको छ । तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्ने लक्ष्यले कार्यक्रमको आयोजना गरिएको हो ।

संस्कृतिक कार्यक्रममा लोपोन्मुख बिभिन्न जात जातिका झाकी नाच प्रदर्शन, मौलिक लोकबाजा पन्चेबाजा तथा खैजेडी भजन, बिद्यालय स्तरिय लोक नृत्यको प्रदर्शन, जिल्लाका श्रष्ठाहरुको उत्कृष्ठ सिर्जना बाचन कार्यक्रम, सन्देशमुलक नाटक तथा हास्य ब्यग्य, चर्चित कलाकारहरुको नृत्य तथा गायन प्रस्तुती रहने आयोजक सिन्धुली कलाघरका अध्यक्ष सुमन थापा मगरले जानकारी दिनुभयो ।

साइकल यात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रदेश नम्बर ३ का पर्यटन मन्त्री अरुण नेपालले साइकलयात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सवको उद्घाटन गर्नु हुने छ । त्यसपछि साइकल यात्रीले ऐतिहासिक सिन्धुलीगढी पुगेर त्यहाँका सम्पदाको अबलोकन गर्नेछन् । त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कलाघरले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने छन् ।

कार्यक्रममा राइड थ्रु सिन्धुलीगढी साइकल यात्रामा सहभागी २ सय १० जना साईकल यात्रीलाई सिन्धुली कलाघरले भव्य स्वागत गर्नुका साथै सम्मान समेत गर्ने कार्यक्रम रहेको छ । नेपाल आईस बियर प्रा.ली.को मुख्य प्रायोजनमा हुने कार्यक्रमको सिन्धुलीमाढी स्थित खुल्लामञ्चमा बिहान ११ बजे बाट सुरु हुने छ । यसैविच सांस्कृतिक उत्सव कार्यक्रमा नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ । निःशुल्क सिमकार्ड लिन एकप्रति फोटो र नागरिकताको प्रतिलिपी आवश्यक हुने जनाइएको छ ।