• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

स्वाथ्य बिमा कार्यक्रम प्रभाबकारी नभएको गुनासो

प्रकाशित मिति : शुक्रबार, मंसिर ६, २०७६

राधिका बुढाथोकी / सिन्धुली

सिन्धुलीमा नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम प्रभाबकारी बन्न नसकेको बिमितहरुले गुनासो गर्नुभएको छ । स्वास्थ्य बिमा गराए वापत बिमितहरु पाउने सेवा सरल र सहज बन्न नसक्दा बिमा कार्यक्रम प्रभाबकारी नभएको उहाँहरुको भनाई छ ।

कमलामाई नगरपालिका–६ का बिमला थापाले २०७५ सालमा स्वास्थ्य बिमा गराउनु भएको थियो । एकबर्ष पछि उहाँले स्वास्थ्य बिमा नबिकरण गराउनु भएन । उहाँले घन्टौ सम्म लाईनमा बसेर स्वास्थ्य उपचारको लागि कुर्दा पनि औषधि उपचार र डाक्टरलाई भेट्न नसकेको गुनासो गदैँ अस्पतालबाट सेवा नभएपछि विमा गराएर फाईदा नभएको बताउनुभयो ।

त्यसैगरी कमलामाई नगरपालिका–६ का प्रकाश खड्काको परिवारले पनि २०७५ सालमा स्वास्थ्य बिमा गराउनु भएको थियो । तर बिमा गरे वापत बिमितहरुले पाउने स्वास्थ्य उपचार नपाएको बताउनु भयो । आफुहरुलाई पाएक पर्ने अस्पतालमा औषधिको अभाव र सम्बन्धित बिषयका स्वास्थ्यकर्मी नै नभेटिने उहाँको भनाई छ । त्यस्तै गोलन्जोर गाउँपालिका–५ का सपना थापाले पनि स्वास्थ्य बिमा गराउदा भने अनुसारको सेवा नपाएको गुनासो गर्नु भएको छ ।

स्वास्थ्य बिमा गरेपछि जिल्ला बाटनै प्राप्त गर्न सकिने सेवा सरल र सहज हुन नसकेको उहाँहरुको भनाई छ । नेपाल सरकार स्वास्थ्य विमा बोर्ड जिल्ला कार्यलय सिन्धुलीका प्रमुख रमेश घिमिरेले भने कर्मचारी समायोजनका कारण स्वास्थ्य बिमा कार्यक्रम प्रभाकारी बन्न नसको बताउनु भयो ।

स्वास्थ्य सेवा राज्यबाट हरेक नागरिकले पाउने आधारभुत आबश्यकता भए पनि स्वास्थ्य सेवा सबैको पहुँचमा पुग्न सकेको छैन् । अहिले सिन्धुलीमा स्वास्थ्य विमा गराउनेहरुको संख्या ५३ हजार ३ सय ६८ जना पुगेको छ । गरिबीको कारण स्वास्थ्य उपचार नपाएर पैसाको अभावमा मृत्यृ हुनेहरुको संख्या न्युनिकरण गरी सरल र पारदर्शी ढंगबाट आमनागरिकले स्वास्थ्य लाभ लिन सकुन् भन्ने उदेश्यले नेपाल सरकारले स्वास्थ्य बिमा बोड मार्फत स्वास्थ्य बिमा कार्यक्रम अगाडी बढाएको हो ।