• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

सुष्माको भिडियो दुई दिनमै ट्रेंडिङमा (भिडियो सहित)

प्रकाशित मिति : बुधबार, मंसिर ४, २०७६

सिन्धुली साैगात संवाददाता

चर्चित मोडल सुष्मा अधिकारी अभिनय गरेको म्युजिक भिडियो छोटो समयमै ट्रेंडिङमामा परेको छ । मोडल तनुजा गुरूङ, सम्पदा बानिया ,स्वीकृति प्याकुरेल र कश्या अधिकारिको हट डान्सलाई दर्शकले मनपराइरहेका छन् । कुनै समयका चर्चित गायक सपन श्रेष्ठको नयाँ गीत ‘लै बरी लै’ मा पाँच मोडलको हट अवतार झल्काइएको छ । सपनको गीतमा प्रिन्स राजको र्याप रहेको छ । उक्त भिडियो सार्वजनिक भएको दुई दिनमै ट्रेंडिङमा परेको थियो । ५ दिनमा उक्त भिडियो झण्डै चारलाखले हेरिसकेका छन् । हेरौँ भिडियोः