• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

सीको संदेशलाई अनुशरण गर

प्रकाशित मिति : सोमवार, अशोज २७, २०७६

सम्पादकीय

विश्वकै शक्तिशालि व्यक्ति चिनियाँ राष्ट्रपति सी चिनपिङ नेपालको दुई दिने राजकिय भ्रमण सक्काएर आइतबार चिन फर्किए । नेपाल र चिनबिच विभिन्न विषयहरुमा सम्झौता पनि भएको छ । मुख्यतः सीको नेपाल भ्रमण सफल भएको छ । विश्वको शक्तिकेन्द्रका रुपमा स्थापित चिनबाट नेपालले धेरै कुरा सिक्नुपर्नेछ । विशेषगरि, राष्ट्रपति सीले भनेका कुराहरुलाई मात्र अनुशरण गर्न सके देशमा धेरै परिवर्तनको संभव छ । उनले कुनै पनि काम गर्दा चिनियाँहरु त्यस्लाई अन्त्य गरेरै छोड्ने रात्रिभोजमा बताएका थिए । यहि प्रवृद्धिले गर्दा चिन समृद्ध छ । नेपालमा भने कुनै पनि काम शुरु भएपछि त्यसको अन्त्य अनिश्चित हुन्छ । काम सम्पन्न ढिलाई हुँदा त्यस्ले धेरै समस्या ल्याउने गरेको छ । तसर्थ, सीले दिएको संदेशलाई नेपालका नेता, ठेकेदार लगायत सम्पुर्ण देशवासीले अनुशरण गर्नुपर्छ ।

सीले नेपालको भ्रमणकाक्रममा धेरै महत्वपुर्ण कुराहरु बताएर गएका छन् । नेपाली नेताहरुकै अगाडी पनि उनले देशको समृद्धि र समग्र विकासको पथमा समय खर्चिएका थिए । अतः शक्तिशालि व्यक्तिको शक्तिशालि संदेशलाई सबैले अनुशरण गर्न सके देशमा परिवर्तन टाढाको विषय हुनेछैन ।