• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

एलइडि टिभि र एलइडि डिस्प्ले बोर्ड हस्तान्तरण

प्रकाशित मिति : सोमवार, अशोज २७, २०७६

सिन्धुली साैगात संवाददाता/सिन्धुली

सिड्स नेपाल सिन्धुलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई आपत्कालिन सुचना सम्प्रेषणका लागी विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । ४३ इन्चको एलइडि टिभि र एलइडि डिस्प्ले बोर्ड सिड्स नेपाल सिन्धुलीका कोषाध्यक्ष गोपाल कुमार पौडेलले विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई हस्तान्तरण गरेका हुन् ।

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसर पारेर ५० हजार मुल्य बराबरको ४३ इन्चको एलइडि टिभि र ८८ हजार मुल्य बराबरको एलइडि डिस्प्ले बोर्ड हस्तान्तरण गरेको थियो ।

वल्ड भिजन इन्टरनेश्नल नेपाल र सिड्स नेपाल सिन्धुलीको साझेदारीमा संचालित नेपाल विपद जोखिम न्यूनिकरण परियोजना अन्र्तगत जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रको सुचना सम्प्रेषणको प्रभावीकरणको लागी सामाग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।