• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

अरिंगाल भुटेर खाएपछि…. 

प्रकाशित मिति : सोमवार, अशोज २७, २०७६

रासस/रुकुमपूर्व 

अरिंगाल खाँदा रुकुमपूर्वका पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गंगा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् ।

बिरामीमध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ । शनिबार साँझ जंगलबाट ल्याएको अरिंगाल भुटेर १२ जनाले खाएका थिए ।

बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको थियो । उनीहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको छ । अहिले उनिहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुमपूर्वका अहेब मदन खड्काले जानकारी दिए ।