• बिहिबार, मंसिर २६, २०७६
  • Thursday 12th December 2019

साथमा पैसा टिक्दैन भने यस्तो उपाय अपनाउनुस

प्रकाशित मिति : शुक्रबार, अशोज २४, २०७६

सिन्धुली साैगात संवाददाता /काठमाडौं

यदी धनको अभाव छ या धन आएपछि पनि तपाइँसँग रहँदैन या नटिक्ने समस्यासँग जुधिरहनु भएको छ भने केही उपाय अपनाउन सकिन्छ ।

ज्यातिष शास्त्रका अनुसार एक नोटको मद्दतमा धन नटिक्ने समस्या समाधान गर्न सकिन्छ । यसका लागि सिक्का नभइ नोटको आवश्यकता पर्छ ।

कुनै दिन पारेर कुनै एक नोटमा रातो रंगको धागो बाँध्नुहोस् । त्यो नोटलाई घरको मन्दिर(पुजा गर्ने स्थान) मा राधाकृष्णको मुर्ति नजिक या मुर्तिको पछाडि राख्नुहोस् ।

पैसा राख्ने क्रममा राधाकृष्णसँग यो मनोकामनाको कामना गर्नुस् आफ्नो आर्थिक अवस्थामा सुधार आओस् र धन प्राप्त होस् ।

ज्योतिष शास्त्र त्यही राशिको नोटलाई पुरै ४१ दिनसम्म दोहोर्‍याउनुहोस् । अर्थात तपाइँले शुरुमा ५० को नोट राख्नु भएको छ भने अरु दिनमा पनि त्यतिनै रकममा धागो बाध्नुहोस् ।

ध्यान दिनुहोस् कि ४१ दिनमा एक दिन पनि यस्तो काम गर्न तपाइँ छुट्नु वा झुकिनु हुँनेछैन । यो एक प्रकारको साधना हो । पूरै ४१ दिन नोट राख्ने र त्यही मनोकामना माग्नु आवस्यक पर्छ । तपाइँ एक दिन मात्र छुट्नु भयो भने यो साधना पूर्ण हुनेछैन ।