कर्मचारी आवश्यकता सम्बन्धी सूचना

बिज्ञापन २०७६ साउन ४ गते शनिवार सिन्धुली

 

जनजाति समाजविकास कार्यक्रम(जे.एस.डि.पि),सिन्धुली, समाजका असाय, असक्त, अपाङ्ग, किशोरी तथा युवा महिला,बालबालिका, आदिको सर्वोत्तम हकहितको सुरक्षा र विकासका निमित्त शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण,क्षमता विकास,खानेपानी,पर्यटन,चेतनाको विकास र सिपमुलक तालिम तथा सामुदायिक एवं एकिकृत विकास आदि कार्यक्रम संञ्चालनगरि समाजलाई उच्चतहमा पू¥याई सामाजिक विकास एवं न्याय, समानता र प्रगतिमा आधारित समाज निर्माण गर्ने मूल उद्देश्य वोकेर लैङ्गीक तथा जातिय भेदभाव विहिन सामाजीक विकास अभियानलाई अगाढी वढाउने उद्देश्य राखि स्थापना भएको गैरसरकारी संस्था हो । संघ सस्था दर्ता ऐन २०३४ अनुसार मिति २०६४ मंसिर ०४ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विधिवत रुपमा दर्ता भई स्थापना भएको संस्था हो । यस संस्थाले स्थापनाकाल देखि नै किशोरी तथा युवा महिला,वालवालिका,शिक्षा , स्वास्थ्य, जिविकोपार्जनका क्षेत्रमा नेपाल सरकार र विभिन्न साझेदरी निकायहरु सँगको साझेदारीमा कार्य गर्दै आईरहेको छ ।

 

यसै सन्दर्भमा प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस सिन्धुलीको आर्थिक सहयोजमा यस संस्थाद्वारा सञ्चालतन हुने किशोरी तथा युवा महिलाहरुको संस्थागत क्षमता अभिवृद्धि तथा सशक्तिकरण कार्य को लागि तपशिल बमोजिमको कर्मचारी आवश्यकता परेको हुँदा यो सूचना प्रकाशित गरिएकोले योग्यतापुगेका उमेदवारहरुले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यालय समयमा दरखास्त पेश गर्न आह्वान गरिएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top