कमलामाई नगरपालिका कार्यालयको सूचना

सिन्धुली साैगात संवाददाता २०७४ माघ १६ गते मंगलवार काठमाडौं

 

कमलामाई नगरपालिका र प्रयास÷हेल्भेटास नेपालबीच आ.व. २०७४÷७५ मा यस नगरपालिकाको सबै वडाहरुमा कृषि तथा पशुविकास सम्बन्धी निर्दिष्ट क्रियाकलापहरु सेवा प्रदायक संस्था मार्फत गर्नु पर्ने भएको हुँदा कृषि तथा पशु विकास सम्बन्धी क्रियाकलापहरुमा काम गरेको तथा बिकेन्द्रित, सहभागीतात्मक तथा बहुपक्षिय कृषि प्रसार पद्धतिमा कार्य अनुभव भएका र कमलामाई नगरपालिकामा सूचिकृत भै कृषि सहकारी, कृषक समुह, फर्म र अन्य कृषिउद्यमी तथा व्यबसायीहरु बाट प्रस्ताव आव्हान गरिएको छ । योग्यता पुगेका इच्छुक संस्था हरुले यहि २०७४ माघ २६गते कार्यालय समय भित्र रु. ५००।₋ (पाँच सय ) राजश्व जम्मा गरेका नगदि रसिद सहित तपशिल अनुसारको आवश्यक कागजातहरु र कार्य अनुभव सहित प्रस्तावपत्र पेश गर्नु हुन जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top