बिबादित बनेका शंकर बिसीको हृदयविदारक स्टाट्स

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १ गते शनिवार काठमाडौं

 

केहि समय अगाडी पत्रकार र शंकर बिसी बीच भएको बिबादको घटना सेलाउदा पनि अझै शंकर बिसी प्रति आउने गरेको जातीय कमेन्ट र स्टाटसले शंकर बिसीलाई अझै पिडा दिदै आइरहेको पाइन्छ । बर्षको अन्तिम अन्तिममा पनि शंकर बिसीले आफ्नो वालमा मार्मिक स्टाट्स लेखेका छन् ।

 

पढौ उक्त स्टाटस

मैले जिन्दगीमा सबैभन्दा सम्मान गरेको पेसा, मेरो सुटीङ..! मलाई कुनै जात,धर्म र समुदाय भन्दा माथील्लो सम्मान दिएको पेसा..मेरो कर्म..!! हो त्यही सुटीङ गर्न घरबाट निस्कदै थिएँ ! मेरी छोरी शनिसा ले पनि सुटिङमा जान्छु बाबा भनिन ! मैले छोरीलाई लिएर गएँ ! चर्चित कलाकार द्वय खुमन अधिकारी र रमिला न्यैपानेको पञ्चेबाजा गीतको सुटिङ थियो । सुटिङ हेर्दाहेर्दै छोरीले अचानक म पनि नाच्छु बाबा भनिन ! अचानक मेरो मनमा अपवादको रुपमा परेका केही चोटहरु ताजा भएर बाहीर आए ! अनायासै मैले छोरी लाई भनें…. ‘तिमी ननाच छोरी’…! तिमी जति राम्रो नाचेपनि एक न एक दिन यो समाजले तिम्लाई कलाकार बाट तल झारेर तिम्रो जात काढेर संबोधन गर्नेछ र तिमीले टुट्नु पर्नेछ अनी तिम्रो मन भाँचिनेछ तिम्रो बाबाको जस्तै …!😭 जातिय गालीको चोट सहन गाह्रो भएर बगेका मेरा आँशु देखेकी छोरीले मलाई परेको पिडा बुझेकी थिईन त्यसैले उनिपनि सिरीयस हुन पुगीन । म अभ्यस्त बनाउन चाहन्छु छोरीलाई ता की भोली अचानक परेको जातीय गालीको कारण उसलाई मलाईझैं टुट्न नपरोस र आँशु बगाउन नपरोस । असामाजीक तत्वहरु कतिबेला मौका पाईन्छ र मर्ममा प्रहार गरौंला भनेर नंग्रा तिखारेर बसेका हुन्छन छोरी, तिनीहरु मौका पाउनासाथ झम्टिन्छन र कसरी तिम्लाई निम्नस्तरको देखाउन सकीन्छ भनेर न्वारान देखीको ताकत लगाउनेछन ..! त्यो बेला तिम्रो नृत्यको, तिम्रो योगदानको अनी तिम्रो कलाको कुनै मुल्य रहदैन … त्यसैले के तिमी कलाकार बन्छ्यौ र ..? भो ननाच भो छोरी …!!

 

शंकर बिसी प्रतिको टिकाटिप्पणी हेर्दा अझै पनि यो घटना सेलाएको पाईएन ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top