दासढुंगाका शिकारीहरुको मानसिक विक्षिप्तताको हद, तस्करको विर्य मिश्रित वाईन खाएर पर्यटन प्रबद्र्धन !

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर १८ गते मंगलवार काठमाडौं

Bharat Dhala
 

रअ र सिर्आइएका सुराकीका रुपमा कुख्यात दासढुंगाको शिकारी एमाले गिरोहले काठमाडौंमा गरिएको मुन गिरोहको माफिया सम्मेलनका बारेमा दुनियाँले देखेको यथार्थतालाई ईन्कार गर्दै आफ्नो मानसिक विक्षिप्तता देखाउन थालेको छ। गिरोहका सदस्यहरुको असन्तुलित मानसिकता हेर्दा बुझिन्छ, यीनीहरु बाह्य अपराधि गिरोह र मिशनरीहरुबाट सुनियोजित रुपमा परिचालित छन्।

 

-विदेशीहरुका नाममा केपी ओली, कृष्णबहादुर महरा र माधव नेपालका नामबाट निम्ता गएको छ, यीनीहरुले भनिरहेका छन् कि सबैलाई यूनीभर्सल पीस फेडरेशनले निम्ता पठाएको हो।

 

-निमन्त्रणा पत्रमा संसद र नेपाल सरकारको छाप लागेको छ। यीनीहरुले भनिरहेका छन् कि सरकार यसमा आयोजकका रुपमा संलग्न छैन।

 

-सम्मेलनमा कृष्चियनिटीले मात्र मानवताको रक्षा गर्न सक्ने र सबैले त्यसैलाई अपनाउनु पर्ने दाबि सहित तस्करलाई जिससकि छोरी घोषणा गरिएको छ। यीनीहरुले भनिरहेका छन् कि यो शान्तिका लागि भएको सम्मेलन हो।

 

-माफिया सम्मेलनमा आएका मानिसहरुलाई राज्य शक्ति र सेनाको दुरुपयोग गर्दै सलामि दिईएको छ। यीनीहरुले भनिरहेका छन् कि सबैलाई व्यक्तिगत रुपमा गरिएको निमन्त्रणा हो।

 

-सम्मेलनमा सिआईए र यूरोपीयन यूनियनको आलोचना गर्न रोक लगाईएको छ। यीनीहरुले भनिरहेका छन् कि यो विसुद्ध मानवतावादी संस्था हो।

 

-सम्मेलनको सहयोगमा राज्यको ढुकुटीबाट करोडौं रकम निकालिएको छ। यीनीहरुले भनिरहेका छन् कि खर्च सबै आयोजकले गरेका छन्।

 

-निर्वाचित स्थानिय जनप्रतिनिधिहरुलाई हवाई भाडा, दैनिक रु २० हजार होटेल खर्च, भत्ता र कोट प्राप्त हुने लोभ देखाएर सपरिवार उपस्थित हुन उर्दि जारि गरिएको छ। यीनीहरुले भनिरहेका छन् कि निमन्त्रणाबारे हामीलाई थाहा छैन।

 

-सम्मेलनमा ‘मुक्ति प्राप्ति’का लागि यीनीहरूले मुनको विर्य मिसाईएको ‘वाईन’ खाएका छन् तर भनिरहेका छन् कि पर्यटन प्रबर्द्धन लागि यसको आयोजनामा सहयोग गरिएको हो।

 

-संस्थाको संस्थापक तस्करी, सुराकि र दुराचारीको आरोपमा साढे ६ बर्ष जेल बसेको छ। यीनीहरुले भनिरहेका छन् कि उ येशुको अवतार हो।

 

-माफिया संस्थाको जन्मको जग नै कम्युनिष्ट विरोधबाट बनेको छ। दासढुंगाका शिकारीहरुले भनिरहेका छन् कि यसले सद्भावका लागि काम गर्छ।

 

भरत दाहालको फेसबुकबाट

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top