गर्भमा छोरा छ कि छोरी ? यसरी थाहा पाउन सकिन्छ !

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २९ गते बुधवार काठमाडौं

 

छोरा र छोरी दुवै समान हुन् भन्ने गरे पनि हाम्रो समाजमा छोरा र छोरीलाई हेर्ने दृष्टिकोण पुरै बदलिसकेको छैन । गर्भमा छोरा छ भने जन्म दिने छोरी छ भने गर्भपात गराउने घटना पनि घटिरहेकै हुन्छन् । त्यसकारण पछिल्लो समय गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनुलाई गैरकानुनी मानिन्छ ।

 

 

तर, यदि भेदभावको दृष्टिकोणले नभई उत्सुकता मेटाउनको लागि छोरा र छोरी के छ भन्ने जानकारी लिन चाहेमा आफैले घरमा पनि अनुमान गर्न सकिन्छ ।

 

यदि गर्भमा छोरी छ भने गर्भवती महिलामा महिला हार्मोनको मात्रा बढेको हुन्छ । त्यसैले उनी धेरै मुडी हुन्छिन् । त्यस्तै, शारीरिक अंगहरुले पनि छोरा वा छोरी के छ भन्ने कुरामा संकेत गरिरहेको हुन्छ ।

 

यदि महिलाको स्तनको टुप्पोको रंग बढी कालो हुँदै गयो भने उनको गर्भमा छोरा रहेको हुन्छ । यदि ती महिलाको स्तनको रंगमा थोरै मात्र परिवर्तन भएको छ भने, उनको गर्भमा छोरी हुन्छ ।

 

यदि गर्भवती महिलाको दायाँ स्तन बायाँ स्तनभन्दा ठूलो भएको छ भने उनको गर्भमा छोरा रहेको हुन्छ र यदि बायाँ स्तन दायाँ स्तनभन्दा ठूलो भएको छ भने, उनको गर्भमा छोरी हुन्छ ।

 

यदि गर्भवतीको पिसाबको रंग गाढा पहेंलो हुन्छ भने उनको गर्भमा छोरा रहेको भन्ने बुझ्न सकिन्छ । यदि गर्भवतीको पिसाबको रंग हल्का छ भने उनको गर्भमा छोरी बसेको हुन्छ ।

 

महिलाको खानपिनको शैलीले पनि गर्भमा छोरा वा छोरी छ भन्ने कुरा बताइरहेको हुन्छ । यदि गर्भवतीले नुनिलो खानेकुरा बढी मन पराउँछिन् भने उनको गर्भमा छोरा रहेको हुन्छ । त्यस्तै, यदि उनले गुलियो बढी मन पराउँछिन् भने उनको गर्भमा छोरी रहेको हुन्छ ।

 

यदि गर्भवती महिलाको धड्कन सामान्य हुन्छ भने उनको गर्भमा छोरा रहेको हुन्छ र यदि गर्भवतीको धड्कन बढ्छ भने उनको गर्भमा छोरी रहेको हुन्छ ।

 

त्यस्तै, गर्भवती महिलाका श्रीमानको शरीरको तौल बढ्दै गएको छ भने, उनले छोरीलाई जन्म दिन्छिन् र यदि श्रीमानको तौल सामन्य छ भने उनले छोरालाई जन्म दिन्छिन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top