छोरीलाई बिबाह गर्न आएको बेहुलासँग बेहुलीको आमा बेपत्ता

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २८ गते मंगलवार काठमाडौं

 

भारतको कानपुरमा विवाह मण्डपमा जे भयो त्यसले सबैलाई चकित पारि दिएको छ । बरमाला लगाइदिने क्रममा बेहुला अधबैंसे उमेरको देखेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरिन् । बेहुलातिर बरमाला फाल्दै बेहुलीले चिच्याउँदै भनिन् कि ‘मसँग धोका भयो ।’ यो देखेर त्यहाँ भएका घरतर्फका र जन्ती सबै पाहुना आश्चर्यचकित भए । यस क्रममा आमाले बिहे गर्न छोरीलाई निकै दबाब दिइन् तर छोरी आफ्नो फैसलामा अडिग रहिन् । त्यसपछि बेहुलीकी आमाले जे गरिन् त्यसले पूरै गाउँका मानिसहरु दंगदास छन् ।

 

घटना कानपुर जिल्लाको भिसार गाउँको भएको भारतीय दैनिक भास्करको समाचारमा उल्लेख छ । यहाँकी १७ वर्षीया किशोरीले भर्खरै १२ कक्षाको परीक्षा दिएकी थिइन् । उनकी आमाले आगरामा बस्ने आफ्नी एक आफन्तका छोरासँग आफ्नी छोरीको बिहे तय गरेकी थिइन् । १० मार्चको दिन साँझ जन्ती आगराबाट बेहुलीको घरमा पुगेको थियो । जन्तीको स्वागतपछि जयमालाको तयारी सुरु हुँदै थियो ।

 

जब बेहुली वरमाला लिएर स्टेजमा पुगिन, उनी बेहुला देखेर रिसाइन् । नाबालिग किशोरी आफूसँग धोका भएको भन्दै चिच्याउन कराउन थालिन् । उनको कुरा सुनेर त्यहाँ भएका सबै चकित परे । परिवारले जब यसको कारण सोधे उनले चाहे जेसुकै होस् म यो बुढासँग बिहे गर्दिन भनेर अड्डी कसिन् । नाबालिग बेहुलीले भनिन् कि बिहेभन्दा अगाडि उनलाई जुन केटाको फोटो देखाइएको थियो अहिले आएको बेहुला त्यो थिएन ।

 

तर त्यसको भोलिपल्ट बिहान जे भयो त्यो झनै आश्चर्यजनक थियो । जब छोरीलाई बिहेको लागि मनाउन आमा असफल रहिन, उनी सबथोक छोडेर आफैं बेहुलासँग बिहे गरेर आगरा गइन् ।

 

नाबालिग छोरीका अनुसार तीन वर्ष पहिले उनका पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् । स्थानीय प्रहरी चौकीका इन्चार्ज राघवेन्द्र सिंहका अनुसार कन्ट्रोल रुममा दोब्बर उमेरका व्यक्तिसँग बिहे गराइन लागेको सूचना आएको थियो । किशोरी नाबालिग भएकोले उनीतर्फबाट कुनै उजुरी आए कारवाही हुन्छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top