बाख्रो मेयर पदमा निर्बाचित!

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २८ गते मंगलवार काठमाडौं

 

सुन्दा अचम्म लाग्छ तर यो सत्य हो कि अमेरिकाको बरमोन्टस्थित फेयर हेभन सहरमा एक बाख्रालाई मेयर बनाइएको छ ।

 

मेयरका लागि १६ वटा अन्य जनावर पनि उम्मेदवार बनाइ चुनाव गरिएको थियो । उम्मेदवारका लागि कुकुर र बिरालालाई पनि समावेश गराइएको थियो । अन्ततः तीन वर्षको लिंकन नामको बाख्रा सहरको मेयर बन्यो ।

 

लिकंन १३ भोट ल्याएर मेयर बनेको हो । उनको निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरले १० भोट लिएर हार खानुपर्यो । अरू उम्मेदवारहरूले जम्मा ३० भोट मात्र प्राप्त गरे ।

 

लिंकनको कार्यकाल १ वर्षको हुनेछ । लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो । लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ । अब लिंकन सहरमा हुने कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्नेछ ।

 

फेयर हेभनमा करिब २५ सय मानिसको बसोबास छ । यहाँ अहिलेसम्म कोही मेयर बनेका छैनन् ।

 

टाउन म्यानेजरका अनुसार जनावरलाई सहरको मेयर बनाउने आइडिया उनलाई उत्तरी मिसिगन राज्यले दिएको थियो । सोहीअनुसार उनले स्थानीयस्तरमा खेलकुद मैदानका लागि रकम जुटाउन यो तरिका अपनाएका बताएका छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top