६ बिहे १८ छोराछोरी, नाम याद नभएपछि…

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २३ गते शुक्रवार काठमाडौं

 

भारतका यस्ता व्यापारीबारे जानकारी दिँदै छौं, जसको जीवनमा एक दुई होइन, ६ वटा बिहे भएका थिए ।

 

उनलाई आफ्ना छोराछोरीको नामसम्म याद थिएन । यो कुरा हो सबैभन्दा ठूलो न्यूजपेपर ग्रुपका मालिक रामकृष्ण डालमियाको हो । कुनै बेला उनी जमशेदजी टाटा र घनश्याम दास बिरालापछि तेस्रो सबैभन्दा ठूला व्यापारी थिए ।

 

 

यसै वर्ष राजस्थानको उदयपुरमा आयोजित एक कार्यक्रममा चर्चित लेखक नीलिमा डालमियाले आरके डालमियाबारे कयौं खुलासा गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘द टाइम्स ग्रुपका मालिक मेरा बाबु आर के डालमियाले ६ बिहे गरेका थिए । उनका ८ छोराछोरी थिए । म ति मध्ये एक हुँ ।’ उनले थपिन्, ‘बुबालाई हाम्रो नामसमेत याद थिएन, त्यसैले नम्बरले बोलाउँथे ।’

 

उनले आफूलाई भने बाबुले सौतेलो व्यवहार गरेको बताइन् । उनले भनिन्, ‘जुन श्रीमती प्रिय थिइन्, उनका छोराछोरीको मात्र राम्रो देखभाल हुन्थ्यो ।’

 

आरके डालमियाको पहिलो बिहे सानै उमेर भएको थियो । पहिली श्रीमती नर्मदाको उमेर बिहे गर्दा १२ वर्ष मात्र थियो । तर, त्यसको दुई तिन वर्षपछि उनको मृत्यु भयो । त्यसपछि नीलिमाकी आमा दूर्गासँग बिहे भयो । मानिसहरुलाई रामकृष्णको जीवन अब ठिक हुने लागेको थियो तर, रामकृष्णले त बिहेमा रेकर्ड नै बनाए ।

 

दोस्रो बिहे भएको केही वर्षपछि उनले पञ्जाबी युवती प्रीतमसँग गोप्य बिहे गरे । यो बिहेबारे खुलासा भएपछि परिवारमा विवाद पनि भयो । तर, आरकेले प्रीतमलाई दिल्लीमा एक घर दिएर राखे । तर, यो बिहे पनि राम्रो भएन । यसै प्रकारले उनले ६ वटा बिहे गरे ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top