जागिरको साथमा जमीन, घर र पढाई सित्तैमा पाइने शहर !

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २२ गते बिहीवार काठमाडौं

 

 

नेपालमा काठमाण्डौ, पोखरा, विराटनगर, चितवन जस्ता ठूला शहरहरुमा मानिसको चाप दिनहुँ बढिरहेको छ । अन्य देशका ठूला शहरहरुमा समेत थामिनसक्ने गरी मानिसको जनसंख्या बढिरहेको छ । तर, विश्वमा यस्ता शहरहरु पनि छन्, जहाँ तपाईलाई बस्नका लागि जागिरको साथमा निःशुल्क बसोबासको सुविधा समेत प्राप्त हुन्छ । यी शहरहरु केवल निःशुल्क रुपमा बस्ने सुविधा मात्र दिंदैनन्, तपाईंलाई पैसाको साथमा घर बनाउन निःशुल्क जमीन समेत उपलब्ध गराउँछन् ।

 

 

 

हामी आज अमेरिकाका यस्तै केही शहरहरुको बिषयमा बताउन गइरहेका छौ, जहाँ तपाईलाई यी सुविधाहरु प्राप्त हुनेछन् । तर, यी शहरहरुमा निःशुल्क रुपमा बस्न तथा कमाउनका लागि तपाईंले यहाँको प्रशासनको नियम तथा शर्त भने मान्नुपर्छ । यसै आधारमा मात्र तपाईं यहाँ रहन तथा बस्नका लागि योग्य बन्नुहुन्छ । हेरौं कुन–कुन हुन् त यस्ता शहर ?

 

डेट्राइट, मिशिगन

 

श्रमशक्तिको कमीको समस्याबाट पिरोलिएको डेट्राइटका केही ठूला कम्पनीहरुले युवाहरुलाई जागिर मात्र दिइरहेका छैनन्, त्यहाँ रहनका लागि इन्सेटिभहरुको समेत घोषणा गरिरहेका छन् ।

 

डेट्राइटमा बसोबास गर्ने निर्णयका साथ तपार्ईले जब कुनै घर भाडामा लिनुहुन्छ, तब तपाईंलाई पहिलो वर्ष करिब २ लाख ६० हजार रुपैयाँ घरभाडाबापत सुविधा प्राप्त हुन्छ । यसपछिका प्रत्येक साल घरभाडाबापत तपाईलाई १ लाख रुपैयाँ प्राप्त हुन्छ । यदि यो ठाउँमा तपाई घर खरीद गर्न चाहनुहुन्छ भने १६ लाख रुपैयाँको फरगिगेबल लोन(केही शर्तपछि मिनाहा हुने ऋण) प्राप्त हुन्छ । यदि पहिलादेखि नै यहाँ तपाईंको घर छ भने त्यसको मर्मत सम्भारका लागि तपाईलाई ५ लाख रुपैयाँसम्म प्राप्त हुन्छ ।

 

यी हुन शर्त

 

डेट्राइटमा यी तमाम सुविधा पाउनका लागि केही शर्तहरु छन् । यदि तपाई ब्लु क्रस ब्लु शिल्ड अफ मिशिगन, कंम्प्युवेयर, डीटीई इनर्जी जस्ता केही छानिएका कम्पनीमा काम गर्नुहुन्छ भने अनि मात्र यो सुविधा पाउनुहुनेछ । यी सुविधाहरु यिनै कम्पनीको तर्फबाट उपलब्ध गराइएको हुन्छ । यस्तो स्किममा अप्लाई गर्नका लागि तथा अन्य जानकारी तपाईले detroitlivedowntown.org लगइन गरेर लिन सक्नुहुनेछ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top