सिन्धुलीको जर्बुटा कला संग्राहलय (हेरौँ १५ वटा तस्बिर)

श्यामसुन्दर श्रेष्ठ सहृदयी २०७५ मंसिर १८ गते मंगलवार सिन्धुली

jadibutta-bishwomvar-lamichhane-14
 

श्रृजनाको बारेमा कुरा चल्दा म सधैँ डेनमार्कका हास्यव्यंग्य कलाकार हान्स एण्डरसनलाई सम्झने गर्दछु । उनले लेखेको श्रृजना कस्ले गर्न सक्छ भन्ने कथा मलाई औधि मन पर्दछ । त्यो कथा एक जना पटबुझक्कड लेखकको बारेमा छ । यो संसारमा म एक दुईसय वर्ष अगाडि जन्मेको भए कति नयाँनयाँ कुरो लेख्थे होला ? अब त धेरै कुरो अरुले नै लेखि सकेको छ, मैले के लेख्ने होला भनेर चिन्ता गर्ने त्यो पटबुझक्कड लेखकलाई त्यो कथा मार्फत उहाँले कडा झापड हान्नु भएको छ । बास्तवमा भन्ने हो भने यो संसारमा लेखेर देखेर र सुनेर कहिल्यै नसकिने कुराहरु अझ पनि थुप्रै छन्् । जतिजति मानिसमा चेतनाको विकास हुँदै जान्छ त्यतित्यति ज्ञानको क्षितिज पनि विस्तारित हुँदै जान्छ । अल्छी र केही नगरी, नसोची र नचेती बस्नेहरुको लागि यो संसार उराठलाग्दो, पट््यारलाग्दो हुन सक्छ तर मेहनती मानिसका लागि यो पृथ्वी नै स्वर्ग भन्दा सुन्दर हुन्छ भन्ने कुरा हाम्रा पुर्खाहरुले देखेरै, गरेरै र जानेरै आएका कुरा हुन् । आज म यो पृथ्वीलाई स्वर्ग जस्तै सुन्दर बनाउन प्रयासरत एक कलाकार र उहाँको कला बारे केही कुरा उल्लेख गर्न गइरहेको छु ।

 

jadibutta-bishwomvar-lamichhane

 

कला कहाँ हुँदैन ? कला जहाँ पनि हुन्छ । खुला आकास भएको बेला नभमा हेर्नुस्् त्यहाँ ग्रह उपग्रह र तारापुञ्जहरुका कला देखिन्छन्। आकासमा हेर्नुस््बादलका कलाहरु, कहिले कहिले इन्द्रधनुष र बिजुली चम्केका कलाहरु देख्न सकिन्छ । स्थलमा हेर्नुस् हिमाल, पहाड र फाँटहरुका कला, नदीनाला र तालतलैयाका कलाहरु देखिन्छन्। वनजंगलमा हेर्नुस्् त्यहाँ विभिन्न जीवजन्तुहरुको कलाहरु, रुख विरुवाका कलाहरु त्था झरनाहरुका कलाहरु तपाई देख्न र सुन्न सक्नु हुन्छ । जलमा हेर्नुस् छालहरुको कला देख्नु हुन्छ । जल भित्र हेर्नुस् त्यहाँ माछा लगायत समुद्री जीवजन्तुहरुको कला देख्नु हुन्छ । मानिसका बस्तीबस्तीहरुमा हेर्नुस् त्यहाँ अनेकन कलाहरु देख्न, सुन्न र भोग्न पाइन्छ । अझ सुक्ष्मदर्शक, दूरदर्शन र सुक्ष्म तरंगहरुको उपयोग गरेर तपाईंले करोडौं कलाहरुलाई देख्न, हेर्न, सुन्न र अनुभव गर्न सक्नु हुन्छ । मटुको धड््कनहरुमा कला हुन्छ, तालहरुको गहिराइमा कला हुन्छ । नयाँ कुरा जान्न चाहनेको लागि यो पृथ्वी वा धरा कहिल्यै रुख्खासुख्खा हुने छैन । जमिन भित्र अर्थात् ढुङ्गामाटो भित्र पनि कला हुन्छ भन्ने कुरा हामीले प्रत्यक्ष नदेखे पनि त्यसलाई भू–क्षयीकरण प्रकृयाले उजागर गरिदिएको छ । विनासलाई विकासमा रुपान्तरण गर्ने मानिसको मात्र यहाँ अभाव रहेछ भनेर हामीले बुझ्नु पर्ने हुन्छ । त्यसैले भू–क्षयीकरण सधै हानीकारक मात्र हुँदो रहेछ भन्ने पनि नहुँदो रहेछ । त्यसलाई कसरी उपयोग गर्ने भन्ने कुरो महत्वपूर्ण रहेछ । यसरी जमिन भित्र अर्थात् ढुंगामाटो भित्रका कलाहरुलाई हाम्रा सामु पस्कने जर्बुटा कलाकार हुन्् विश्वम्भर लामिछाने ।

 

 

jadibutta-bishwomvar-lamichhane-15

 

जर्बुटा कला संग्राहलय सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ५ ढकाल गाउँमा अवस्थित छ । सिन्धुलीमाढीको बसपार्कदेखि यो संग्राहलय चार किलोमिटरको हवाई दूरीमा उत्तर पश्चिम दिशा तर्फ छ । यसको अवस्थिति बारे कुनै दुविधा भए ०४७–५२०३१६ वा ९८४४०४०७७३ मा सम्पर्क राखेर जानकारी लिन सकिन्छ ।

 

 

 

कलाकारकै शब्दहरु लाई सापटी लिएर म भन्दैछु, जर्बुटा कला के हो ? प्रकृतिको गर्भ््िभत्र रहेका रुखका जराहरुबाट श्रृजित सुन्दर कलाहरु नै जर्बुटा कला हो । मानिसको हस्तरेखाहरु र बंशाणुहरु jadibutta-bishwomvar-lamichhane-15

 

जस्तै जर्बुटा कलाहरु पनि एकनाशका हुँदैनन्् । जर्बुटा कला पूर्णत प्राकृतिक हुनेहुँदा यसको अप्राकृतिक तरिकाले उत्पादन र निर्माण गर्न असम्भव प्रायः छ । यस्तो जराहरुको श्रोत के हो त ? कलाकारकै शब्दमा भन्नु पर्दा खोलानाला, वनजंगलमा स्वतस्फुर्त रुपमा प्राप्त जमिनबाट निस्किएर बाहिर फ्याँकिएका, दाउराको रुपमा समेत प्रयोग हुन नसकिने जराहरु नै यो कलाको श्रोत हो । कलाकारले कहिल्यै जमिन उत्खनन्् गरेर जरा निकाल्न सक्दैनन्् र चाहन्नन्् पनि । रुखका सवै जराहरुमा कला पनि हुँदैन । प्राकृतिक स्वरुपलाई बिगारेर जरा निकाल्नु कलाकारिताको धर्म होइन । तीन महिना लगाएर आफु एक्लैले ढकालगाउँमा आफ्नो घरसम्म जाने मोटर बाटो खन्दा प्राप्त जरायोको सिंग आकृतिको पहिलो जरा नै उहाँको पहिलो जर्बुटा कलाकृति हो । कलाकार भन्नुहुन्छ, समाजमा विद्यमान कला, संस्कृति आदिका साथै शैक्षिक, राजनैतिक, भौगोलिक आदि क्षेत्रका विसंगति, मर्म, ब्यथा, ब्यवधान, पींडाजस्ता अनुभूतिजन्य कुरालाई विम्वात्मक रुपमा प्रस्तुत गर्न जर्बुटा कला एउटा प्रभावकारी र सशक्त माध्यम हुन सक्छ । यस किसिमको कलामा दृष्टिगत भौतिक रुपको चित्रण नगरेर त्यो वस्तुको आत्मिक विम्वलाई कलाकारको अनुभूति अनुरुप ब्याख्या गरिन्छ ।

 

jadibutta-bishwomvar-lamichhane-2

 

यस्ता कलाहरु यो पृथ्वीलोकमा पहिला पनि यदाकदा श्रृजना भएका हुन सक्छन्, अहिले पनि कहिंकतै भैरहेका होलान्् । तर मैले देखेको भने यो नै पहिलो हो । काष्ठ कला अन्तर्गतको विधाभित्र पर्ने यो जर्बुटा कला प्रकृतिको अनुपम उपहार हो भन्दा अत्युत्ति नहोला । यस्तो कलाकारितामा लाग्नेहरु नेपालमा एक हातको औंलामा गन्न सकिने जति मात्र भए पनि प्राप्त गर्न सके यो देश धन्य हुने थियो । यो कलाको मानवीय चोलामा न चेला हुन सक्छ, न त गुरु नै । यसको गुरु भने पनि चेला भने पनि त्यही प्रकृतिमा पाइने जराहरु नै हो । त्यसैले जर्बुटा कलाकारहरु एकलब्य जस्ता हुन्छन्। द्रोणाचार्य जस्ता गुरु भएको यो संसारमा राजपरिवार र घरानीया भनाउँदाले मात्र विद्या सिक्न पाउँछन् र स्वतस्फुर्त रुपमा दीक्षित एकलब्य जस्ता कलाकार र योद्धाको बूढी औंला काटेर गुरुदक्षिणा लिइन्छ । उहाँको परिपेक्षमा पनि यो कुरा लागू भएको देखिन्छ । हेरौंं आगामी दिनहरुमा के होला ?

 

 

 

त्यस जर्बुटा कला संग्राहलयमा लगभग २०० कृतिहरु छन्् । त्यसमा जरायोको सिंग, सोचे जस्तो हुन्न जीवन, महिला एम्बुलेन्स, बुद्धको जन्म, हिमाल जलिरहेछ, नारी बन्धन र मुक्ति, दार्श््िनक सुकरात, नयाँ नेपाल, स्त्री जनन्द्रिय, मानव मस्तिष्क, पासाङ ल्हामू र तेञ्जिङ नोर्केले हिमाल चढेको, भृकुटी, हामी एक हौं, भरोसा र साहरा, नेपालको राष्ट्रिय चरा डाँफे, प्रतिक्षामा भएका एक महिला, आदि मानव, अरनीको, गोही, पृथ्वीनारायण आदि प्रमुख हुन्् । हुन त सवै कलाको आ–jadibutta-bishwomvar-lamichhane-3

 

आफ्नै विशेषता हुन्छ । त्यसैले एक कलासंग अर्को कलालाई दाँज्न मिल्दैन भन्ने मेरो मान्यता छ । हरेक कुराको आफ्नै विशेषता हुन्छ ।

 

 

jadibutta-bishwomvar-lamichhane-4

 

सिन्धुली जिल्लामा हेर्न लायक स्थान र कुराहरु धेरै नै छन्् । कमलानदीको उद््गम स्थल, कमलामाई मन्दिर, मधुटारको काली मन्दिर, भिमान बजार, चकमके बजार, सिन्धुलीगढी, सिन्धुलीगढीको भत्केको दरवार, महादेवस्थानको पाँचकन्या पोखरी, हहिरपुरगढी, नाकाझुलीको जूनार बगैंचा, ल्यान्द्र¥याङको चुचुरो, तीनकन्याको धापचौकी, लंगुरबाबा धाम, सिद्धबाबाको मन्दिर आदि प्रमुख हुन्् । तपाईं कलाकार हुनुहुन्छ, श्रृजनशील ब्यक्तित्व र भावुक हुनुहुन्छ वा त्यसको पारखी हुनुहुन्छ भने तपाईंले जर्बुटा कला संग्रहालय हेर्न छुटाउनु हुँदैन । यदि छुटाउनु भयो भने तपाईंलाई सिन्धुली आएर पनि फर्केकोमा पछुताउनु हुनेछ भन्ने मेरो धारणा छ । सिन्धुली आउँदा देशकै नमूला जर्बुटा कला संग्रहालाय हेर्ने कि ? (आलेख)

 

 

jadibutta-bishwomvar-lamichhane-5

 

 

jadibutta-bishwomvar-lamichhane-6

 

jadibutta-bishwomvar-lamichhane-9

 

 

jadibutta-bishwomvar-lamichhane-10

 

 

 

 

jadibutta-bishwomvar-lamichhane-12

 

 

jadibutta-bishwomvar-lamichhane-13

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top