केपी ओली र सिके राउत एउटै मञ्चमा !

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २४ गते शुक्रवार काठमाडौं

 

प्रधानमन्त्री केपी ओली र मुलुक विखण्डनको माग लिएर हिंडिरहेका सिके राउत एकै सभामा देखिने भएका छन् ।

 

स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउत र प्रधानमन्त्री ओलीले एउटै मञ्च प्रयोग गर्दै कार्यक्रम गर्न लागिएको हो ।

आज राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने बताइएको छ ।

 

राउतले भने अखण्ड नेपाल स्वीकार गर्दै पृथकतावादी गतिविधि अन्त्यको घोषणा गर्ने दावी गरिएको छ । सिके राउत सरकारसँग भित्रभित्रै वार्तामा रहेका थिए । राउतले स्वतन्त्र मधेस गठनबन्धन आजैबाट विघटन गर्ने दावी पनि गरिएको छ ।

 

सरकारसँग भित्रभित्रै वार्तामा रहेका राउतको पुर्पक्षसम्बन्धि एक मुद्दामा बिहीबारमात्रै सर्वोच्च अदालतले राउतलाई रिहा गर्न आदेश दिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकै इजलाशले राउतलाई जिल्ला र उच्च अदालतले गरेको आदेश बेरितपूर्वकको रहेको भन्दै रिहाको आदेश दिएपछि उनी रिहा भएका हुन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top