गजल ………..

केशब घिमिरे २०७४ पुस २६ गते बुधवार काठमाडौं

 

केशब घिमिरे
क.न.पा. – १२ टंसार

 

शुस्त छ देशको बिकास , नेपाल सम्झेर रोए
बिकासको नाममा नेताको जाल सम्झेर रोए

 

साहुको सावाँ ब्याज तिर्न पर्दे्शिएका मेरा बा
फर्किएनन् घर , के होला हाल सम्झेर रोए

 

बर्खामा पानी अनी हिउँदमा सित लहर
पाएनौं मद्दत च्यात्तिएको पाल सम्झेर रोए

 

बनाउछु भन्नेहरु सहिद भए आज भोलि
लुटेरा र भ्रष्टचारी मालामाल ,सम्झेर रोए

 

देश बिकास गर्ने भन्दै सम्झाउदा युवालाइ
बिचरा भन्छन् हामीलाई बाल सम्झेर रोए

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top