पाकिस्तानको चिया पसलमा भारतीय विंग कमाण्डर अभिनन्दनको फोटो राखेपछि रातारात भाइरल !

सिन्धुली साैगात संवाददाता २०७५ फागुन २९ गते बुधवार काठमाडौं

 

पुल्वामा घटनापछि भारतीय वायुसेनाका विंग कमाण्डर अभिनदन वर्तमानको चर्चा सर्बत्र चुलिएको छ । भारतका युवाहरुमाझ त अभिनन्दनको जस्तै जुँगाको स्टाइल बनाउने होडबाजी नै चलेको छ । भारतमा मात्रै नभएर पाकिस्तानलगायत विश्वमा समेत अभिनन्दनको लोकप्रियता चर्चा चुलिंदै गएको छ ।

 

यसैबीच पाकिस्तानको एक चियापसलमा अभिनदनको फोटो छापिएको छ । अभिनन्दनको फोटोसँगै लेखिएको छ ‘यस्तो चिया जसले दुश्मनलाई पनि मित्र बनाउँछ ।’ मित्रताको उदाहरण पेश गरिरहेको यो फोटो पाकिस्तानको कुन ठाउँको हो भन्ने खुलेको छैन ।

 

यसअघि विमानबाट पाकिस्तानमा खसेका विंग कमाण्डर अभिनन्दनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । त्यस क्रममा सार्वजनिक भएको एउटा भिडियोमा अभिनन्दनले चिया पिउँदै थिए र उनले चिया निकै मिठो भएको बताएका थिए ।

 

यो फोटोलाई पाकिस्तानका उमर फरुक नामका एक व्यक्तिले ट्वीटरमा शेयर गरेका थिए । लगत्तै यो तस्वीर निकै भाइरल भइरहेको छ । यो फोटो शेयर भएसँगै भारत र पाकिस्तानबीचको तनाव घटाउनुपर्नेमा धेरैले जोड दिएका छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top