१० वर्ष देखी अस्पतालको कोमामा रहेकी महिलाले शिशुलाई जन्म दिइन

सिन्धुली साैगात संवाददाता २०७५ पुस २३ गते सोमवार काठमाडौं

 

अमेरिकाको फिनिक्समा एक आश्चर्यजनक घटना घटेको छ । एरिजोनाको एक नीजि अस्पतालमा दश वर्ष देखी कोमामा रहेकी महिलाले एक शिशुलाई जन्म दिएकी छिन् ।

 

केपी एचओ एवंम केटीविके टोलिभिजन नेटवर्कको समाचार वेभसाइड एज फेमिलि डटकमले गएको २९ डिसेम्बरमा १० वर्ष देखी कोमामा रहेकी महिलाले शिशुलाई जन्म दिएको समाचार प्रसारण गरेको थियो ।

 

 

अस्पताल प्रशासन यस घटनामा अन्जान रहेको स्रोतले जनाएको छ । दश वर्ष अघि कोमामा गएकी महिला अस्पतालमा उपचारार्थ रहेकी थिइन् ।

 

अविभावक र महिलाको परिचय गोप्य राखिएको उक्त घटना कसरी घट्यो अनुसन्धान हुँदै छ । सुत्रले जनाए अनुसार, नर्स महिलाको कोठामा प्रवेश गर्दा उनी छटपटाइरहेकी थिइन् ।

 

शिशुको टाउको महिलाको शरिरबाट बाहिर निस्किएको थियो । तत्काल उनले स्वास्थ्यकर्मीको सहायतमा जीवीत एवं स्वस्थ शिशुको जन्म दिइन् ।

 

फिनिक्स प्रहरी प्रवक्ता टमी थम्पसनले सिर्फ अनुसन्धान भइरहेको बताए । उनी थप बताउन अनीच्छुक देखिए पनि राज्यको गर्भनर कार्यालयले घटना दुखदायी रहेको बताएको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top