दुई माओवादी नेतालाई आजीवन काराबास

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर १ गते शनिवार काठमाडौं

 

कम्बोडियाका दुई वरिष्ठ माओवादी नेतालाई आमनरसंहारको आरोपमा आजीवन काराबास सजाय सुनाइएको छ ।

 

कम्बोडियामा सन् १९७५ देखि १९७९ सम्म माओवादी कम्युनिष्टको शासन थियो । खमेर रुज नामले चिनिने उनीहरुले सन् १९७५ मा हिंसात्मक सघर्ष गरेर सत्ता कब्जा गरेका थिए । त्यस अवधीमा असंख्य मानिसको संहार भएको थियो ।

 

 

संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त अदालतले सजाय सुनाएको हो । त्यसअवधिमा सरकारको दोश्रो वरियतामा रहेका नुओन चेया र राष्ट्र प्रमुखको रुपमा रहेका ख्यु साम्फानलाई आजीवन काराबास सजाय सुनाइएको छ । उनीहरु अहिले जेलमा छन् । नुओन चेया ९२ वर्षका छन् भने ख्यु साम्फान ८७ वर्षका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top