चलचित्र ‘क्याप्टेन’ को गित सार्बजनिक (भिडियो)

सिन्धुली साैगात संवाददाता २०७५ फागुन ३ गते शुक्रवार काठमाडौं

 

अभिनेता भुवन केसीद्वारा निर्मित चलचित्र ‘क्याप्टेन’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘क्याप्टेन’को दोस्रो गीत ‘कर्ली कर्ली’ ओएस आर डिजिटलको युट्युब मार्फत सार्वजनिक भएको हो । उक्त गितमा भुवन केसी र अनमोल बाबु छोराले अभिनेत्री निरुता सिंहसंग रोमान्स गरेको देखिन्छ ।

यो गितमा चर्चित गायिका मेलिना रैई र एसडी योगीजी स्वर रहेको छ भने शव्द र संगीत पनि एसडी योगी कै छ । यस गितको कोरियोग्राफी कोरियोग्राफर तथा निर्देशक समेत रहेकी रेनशा वान्तवा राईले गरेकी छन् ।

 

बहुचर्चित चलचित्र ‘क्याप्टेन’ फागुन १७ गतेबाट रिलिज हुदै छ । यस फिल्ममा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई मुख्य भूमिकामा छन् । यो फिल्मललाई दिवाकर भट्टराईले निर्देशन गरेका छन ।

 

भिडियो

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top