फिल्म ‘गुप्त’ मा आइटम गर्ल बनेकी सुष्मा कार्कीको यस्तो बोल्ड अवतार ! (भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७५ माघ १६ गते बुधवार काठमाडौं

 

काठमाडौँ, १६ माघ । नेपाली कथानक चलचित्र ‘गुप्त’ को आइटम गित रिलिज भएको छ ।

 

‘म आँख मारिदिन्छु’ बोल गितलाई  युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

 

यस गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्कीले आइटम डान्स गरेकी छिन् । भिडियोमा सुष्मा निकै बोल्ड अवतारमा देखिएकी छिन् ।

 

राज कर्माकारको शब्द तथा सजन श्रेष्ठको संगीत रहेको यस गीतमा गायिका सहिमा श्रेष्ठले अवाज दिएकी छिन् ।

 

दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालको संयुक्त निर्माणमा बनेको चलचित्रमा राज रोय र भोजराज घिमिरेको संयुक्त निर्देशन रहेको छ ।

 

शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको फिल्ममा सुष्मा कार्की, सन्दिप सिग्देल, भरत कार्की, नाफे खान, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारी, विनोद सिग्देल र रय्जु लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

भिडियो

 

 

sp;

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top