ठेलाको मःम बेच्दै गायक बनेका कपिलको पहिलो गीत सार्वजनिक(भिडियो)

सिन्धुली साैगात संवाददाता २०७५ पुस १३ गते शुक्रवार काठमाडौं

 

ठेलामा मः म बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत साला काठमाण्डौँ सार्वजनिक भएको छ। गायक बन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि बानेश्वर चौकमामा ठेलामा मःम बेच्दै आएका थिए। उनको गायकी क्षमताको युट्युवमा चर्चा भए पछि उनी एकाएक चर्चित भएका थिए। उनै कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेका हुन्। निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगित रहेको छ।

 

 

काठमाण्डौँमा सपना बोकेर आउने युवा र उनले काठमाण्डौँमा पाउने असफलता र दुख बोल्ने गीतमा अभिनेता शिशिर भण्डारीको अभिनय रहेको छ। काठमाण्डौँमा पाएको असफलतामा निरासा व्यक्त गर्न ‘साला काठमाण्डौँमा’ भन्ने शब्द राखिएको कपिलको भनाई रहेको छ।

 

सन्तोष खनाल ‘फिल्मीकिरो’को निर्देशनमा बनेको भिडियोमा वाइ पि घिमिरेको सिनेमेटोग्राफी रहेको छ। भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन्। गीतको भिडियो नयाँ नयाँ न्युज नेपालको औपचारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

 

भिडियो

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top