‘भस्मे डन’ लाई ‘गोपी’ मा यस्तो देखियो

सिन्धुली साैगात संवाददाता २०७५ मंसिर २६ गते बुधवार काठमाडौं

gopi-bipin-barsha-
 

‘पशुपतिप्रसाद’ फिल्मबाट ‘भस्मे डन’ पात्रबाट चर्चामा आएका अभिनेता विपिन कार्की अभिनित ‘गोपी’ को पोस्टर सार्वजनिक भएको छ । दीपेन्द्र लामा निर्देशित फिल्म गोपी यहि माघ १८ गतेबाट प्रदर्शनमा आउदैँछ ।

 

gopi-bipin-barsha

 

बुधबार निर्माण युनिटले फिल्मको चार पोस्टर सार्वजनिक गरेको छ । पोष्टरमा फिल्मका मुख्य कलाकार विपि कार्की कतै मोटरसाइकलमा दुध बोकेर हिँडेका छन् त कतै गाईसँग बसेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई पनि प्राथमिकता दिइएको छ । फिल्ममा वर्षा राउत र सुरक्षा पन्तले विपीनलाई सथ दिएका छन् ।

 

gopi-bipin-barsha

 

फिल्ममा आरोही केसीको लगानी रेहको छ भने फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल रहेका छन् । फिल्ममा सामिप्यराज तिमल्सिनाको पटकथा रहेको छ ।

 

नेपाली संगित क्षेत्रका चर्चित न्हु बज्राचार्य, अर्जुन पोख्रेल र कल्याण सिंहको संगीत हेको फिल्लमा पाश्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।

 

हाल, विपीन अभिनित ‘प्रसाद’ अहिले देशभरका हलहरुमा लागिरहेको छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top