‘मुन्द्रेको कमेडी क्लब’ को पहिलो भाग (भिडियो हेर्नुहोस)

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक २० गते मंगलवार काठमाडौं

 

नेपाली दर्शकहरूले विदेशी टेलिभिजन च्यानलमा विदेशी कमेडी सो हेरेर मनोरञ्जन लिइरहेको बेला हास्यव्यंग्य अभिनेता जितु नेपाल आफ्नो छुट्टै कमेडी कार्यक्रममार्फत दर्शकमाझ आएका छन् ।

 

 

हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ नयाँ टेलिभिजन शो मार्फत सानो पर्दामा फर्किएका छन् । जितुले अब नेपाल टेलिभिजनमा नयाँ कार्यक्रम सुरु गर्दै छन् । ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिईएको शो १९ कार्तिक देखि प्रसारण भएको छ ।

 

शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मुन्द्रेको कमेडी क्लबका केही दृश्यहरू सार्वजनिक गरेका छन् ।मुन्द्रेको कमेडी क्लबबारे शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा जितु नेपालले भने, ‘झट्ट सुन्दा र हेर्दा विदेशी कमेडी सोको नक्कल हो कि जस्तो दर्शकलाई सुरुमा लागे पनि यो विशुद्ध मौलिक नेपाली कमेडी सो हो ।

 

कुनै पनि अन्तर्राष्ट्रिय कमेडी सोबाट हामीले फ्रेन्चाइज निलिई नेपाल स्टाइलको सेट, वेशभूषा र लवजसहित नेपाली समाजकै विकृति र विसंगति चिर्नु यो कार्यक्रमको उद्देश्य हो ।’

 

भिडियो:-

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top