नायिका शिल्पा पोखरेल अभिनित गीत (हेर्नुहोस भिडियो)

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १५ गते शनिवार काठमाडौं

 

लोक दोहोरी गीतबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यले पहिलो पटक लोक पप बग्ने खोला बगीगो बोलको गीत लिएर आएकी छिन् ।

 

काठमाडौं, बैशाख १५ । लोक दोहोरी गीतबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यले पहिलो पटक लोक पप बग्ने खोला बगीगो बोलको गीत लिएर आएकी छिन् ।

 

गायिका भावनालाई चर्चित गायक रामचन्द्र काफ्लेले साथ दिएकी छिन् । जसमा संगीतकार दीपक शर्माको संगीत तथा शब्द सृजना समावेश छ ।

 

नरेन्द्र बियोगीको एरेन्ज रहेको उक्त गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने भिडियोको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका हुन् ।

 

जसमा पछिल्लो पुस्ताकी चर्चित नायिका शिल्पा पोखरेल र दीपक ढकालको अभिनय रहेको छ ।

 

संगीतकार शर्माले नेपालमा बोलीने मौलीक भाषा र भाकालाई सुक्ष्म तरिकाले जीवन्त शैलीमा गरेका प्रयोग छन् ।

 

जसले जनमानसमा छोटो समयमा नै राम्रो प्रभाव छाड्न सफल देखिन्छ ।

 

भिडियो

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top