लोकदोहोरी गीत “बुढी भन्न पाम” सार्वजनिक (भिडियोसहित)

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख १० गते सोमवार काठमाडौं

 

 

नेपाली लोक दोहोरी गीत सङ्गीतको दुनियाँमा फेरी अर्को नव गायक सागर पन्थको प्रस्तुति जुन गीत जति सुन्दा पनि सुनीरहु लाग्ने, भिडियो हेर्दा हेरिरहु लाग्ने जति हेरे पनि अझै हेर्न मन लाउने एकदमै पृथक् अनि रमाइलो लोकदोहोरी गीत “बुढी भन्न पाम” सार्वजनिक गरिएको छ ।

 

सागर पन्थ र टीका पुनको दमदार स्वर रहेको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलिरहेको छ । सन्तोष लामिछानेको शब्द सङ्गीत सृजनामा रहेको गीतमा सङ्गीत संयोजन नरेन्द्र बीयोगीले गरेका छन् ।

 

हुमा गैरेले निर्देशन तथा सम्पादन गरेको भिडियोमा मेरी बास्सैका कलाकार भटभटे र प्याकुलीको निकै रमाइलो अभिनय रहेको छ । सागर गौतमको छायाङ्कन रहेको भिडियोलाई शैली कृयशन प्रालिले बजार व्यवस्थापन गरेको हो ।

 

भिडियो

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top