नायक तथा मोडेल पल साहको मायामा भ्रष्टाचार(भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७४ चैत २ गते शुक्रवार काठमाडौं

 

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल साहको मायामा भ्रष्टाचार भएको छ तर यो रियल लाइफमा नभएर तिर्सना म्युजिकबाट नेपाली संगीतको बजारमा आएको मेग्जन कडायतको गित भ्रष्टाचारमा समाबेश गीतको म्युजिक भिडियोमा हो ।

 

नेपाली सांगीतिक बजारमा एकछत्र रुपमा राज गर्न सफल कम्पनी तिर्सना म्युजिक हिजो देखि आजसम्म बजारमा आफ्नो दर्बिलो छाप छोड्ने सफल भएको छ । पछिल्लो समय नेपाली संगीतको फाटमा एउटा धमाकेदार गीत म्युजिक नेपालको युटुब च्यानलबाट बजारमा आएको छ ।

 

भ्रष्टाचार, मेग्जन कडायतको धमाकेदार संगीत तथा स्वरमा सजिएको गीतमा चर्चित गायिका मेलिना राईले साथ दिएकि छिन् । मिस्टर आरजेको मिठो र्‍यापमा तयार भएको गीतलाई भद्र ओलीले संगीत भरेका छन् भने क्रान्ति केशीको निर्देशनमा तयार भएको गीलाई अजय रेग्मीले छायांकन गरेका हुन् ।

 

चर्चित नायक तथा मोडेल पल साहले अभिनय गरेको भिडियोमा श्रीस्टि खड्काले साथ् दिएकी छन् । यो गीतका श्रस्ठा सर्जक सम्पूर्णलाई हाम्रो तर्फबाट सफलताको शुभकामना ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top