प्रियंका कार्की डिस्को नाच्दै…(भिडियो सहित)

सिन्धुली साैगात संवाददाता २०७४ फागुन २३ गते बुधवार काठमाडौं

 

 

रंगपत्रकार सुब्रतआचार्यले आफ्नो दोस्रो चलचित्र ‘सुश्री सम्पत्ति’को छायाँकन पोखरामा गरिरहेका छन् । सो चलचित्र गीत ‘झुम्की’ सुटिङ सकिएको छ ।

 

सुरेश अधिकारीको शब्द र संगीत तथा मीना निरौला र राजन इशानको स्वर रहेको सो गीतको भिडियोमा नायिका प्रियंका कार्कीको डिस्कोमा नाचेको दृश्य लिइएको छ । साथै प्रियंकालाई नृत्यमा सलोन बस्नेत, प्रमोद अग्रहरि, विनोद न्यौपानेलगायतले साथ दिएका छन् ।

 

कमेडीसहित प्रेम कथा रहने सो चलचित्रमा सलोन, सारा सिर्पाली, विनोद, प्रमोद, राजाराम पौडेल, जयानन्द लामालगायत कलाकारहरुको मुख्य अभिनय रहने छ । नायिका प्रियंका कार्की विशेष भूमिकामा देखिने निर्देशक आचार्यले जानकारी दिए ।

 

‘सुश्री सम्पत्ति’मा सुरेश अधिकारीको संगीत, अर्जुन तिवारीको सिनम्याटोग्राफी कविराज गहतराजको कोरियोग्राफी रहने छ । निर्देशक आचार्यले नै फिल्मको कथा लेखेका हुन् ।

 

राहुल इन्टरटेन्मेन्टको व्यानरमा बन्ने सो चलचित्रका निर्मातामा रमेश त्वयना विज्ञान राई, नुनम सुब्बा र रोमन शीलाकर रहेका छन् । आचार्यले यसअघि अधकट्टी निर्देशन गरिसकेका छन् ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top