प्रमोद खरेलको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ २४ गते बुधवार काठमाडौं

 

 

 

चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको पछिल्लो गीत फिर्ता गर मुटु मेरो बोलको गीत सार्वजनिक भएको छ । गायक प्रमोदले कसलाई दिएका थिए र मुटु फिर्ता मागेका हुन् । उनको मुटु लैजाने को थिए आखिर धोका मिलेपछि नै फिर्ता मागेका होलान् जस्ता मार्मिक शब्द यस गीतमा समाबेश गरिएको छ ।

 

गीतमा कार्यक्रम प्रस्तोताका रुपमा परिचित अर्जुन राजको शब्द रचना रहेको फिर्ता गर मुटु मेरो‘ लाई सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।

 

यस गीतको म्यूजिक भिडियोलाई सवनम मुखियाले निर्देशन गरेकी छिन् । पछिल्लो समय मुखिया म्यूजिक भिडियोको निर्देशनमा व्यस्त रहँदै आएकी छिन् । नेपालको पहिलो महिला छायाँकार समेत रहेकी मुखियाले सिनेमा निर्देशन समेत गरेकी छिन् । यस म्यूजिक भिडियोलाई रामशरण उप्रेतीले छायाँकन गरेका छन् भने तारा थापा किम्भेले सम्पादन गरेका छन् ।

 

श्याम कुँवरले कलर गरेको यस म्यूजिक भिडियोलाई ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले पोष्ट प्रोडक्सन गरेको हो ।

 

भिडियो:

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top