विपिन कार्कीको चलचित्र ‘नाका’ ट्रेलर रिलिज (भिडियो सहित) 

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ १९ गते शुक्रवार काठमाडौं

 

 

हरेक चलचित्रहरुमा भिन्न भिन्न रुपमा देखिएका चर्चित नायक विपिन कार्की स्टार चलचित्र ‘नाका’ को ट्रेलर रिलिज गरिएको छ । चलचित्रमा विपिनलाई अहिलेसम्म नदेखिएको स्वरुपमा पाउँन सक्छौँ । नेपाल र चीन सिमा नाकाबाट हुने मानव तस्करीको कथालाई उठान गरेको यस चलचित्रले बिपिनको लोकप्रियतालाई अझै माथि उठाउँने अनुमान गरिएको छ ।

 

 

दुई रिलिज मितीका साथ रिलिज हुन लागिरहेको ‘नाका’ मा विपिनसंगै रबिन तामाङ , थिन्ले लाह्मो, शिव मुखिया , प्रकाश गन्धर्व,सुजन थापा मगर लगायतको अभिनय रहेको छ । अर्जुन कार्कीको पटकथा र अभिषेक सुवेदीले लेखनमा रहेको चलचित्रमा चिन्तनराज भण्डारीको सिनेम्याटोग्राफी, जोसन कुँवरको संगीत छ ।

 

शिशिर गुरुङ र अमित श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा राज कुमार लामिछाने, विनय पोखरेल र निरज श्रेष्ठको सह–निर्माता छन् । प्रबिण टक्की कार्कीले निर्माण गरेको यस चलचित्रमा अमित श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ । यो चलचित्र फागुन १७ गते राजधानी बाहिर र फागुन १८ गते राजधानी भित्र रिलिज हुनेछ ।

 

भिडियो:-

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top