तरकारीवाली कुशुम अभिनित ‘लम्फु’ का गीत यस्ता छन्(भिडियो सहित)

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ माघ १६ गते मंगलवार काठमाडौं

 

 

तरकारीवालीको परिचयबाट चिनिएकी कुशुम श्रेष्ठको अभिनय रहेको चलचित्र ‘लम्फु’ का गीत सार्वजनिक गरिएको छ ।

 

निर्माण युनिटले चलचित्रका अडियो गीतहरु जुबक्स मार्फत सार्वजनिक गरेको हो । चलचित्रमा ‘सँगै जिउने सँगै मर्ने’, ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ बोलका ४ गीत रहेका छन् ।

 

ती चारै गीतमा अर्जुन पोखरेको संगीत छ, भने स्वर प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेश लामा र अप्सरा घिमिरेको रहेको छ । गीतले माया प्रेममा, रोमान्स, वियोग तथा युवा अवस्थाको जिन्दगी प्रस्तुत गर्नेछ ।

 

गोपाल चन्द्र लामिछाने निर्देशित चलचित्र ‘लम्फू’बाट नव–नायक कबिर खड्काले डेब्यू गर्दैछन् ।

 

कबिरसहित चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवालीउर्फ कुशुमले यसै चलचित्रबाट अभिनयमा डेब्यू गरेकी हुन् ।

 

चलचित्रले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ ।

 

‘लम्फू’ पपुलर मल्टिमिडियाको लागि शक्तिबल्लभ घोरासैनीले बनाएका हुन् । यो चलचित्रमा भूपतिको लेखन रहेको छ ।

 

भिडियो

 

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top