उद्धार, उपचार र राहतमा जुटौँ

सिन्धुली साैगात संवाददाता २०७६ असार ३० गते सोमवार काठमाडौं

 

अबिरल वर्षाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या बढिरहेको छ । तराई क्षेत्रमा बाढीले र पहाडमा पहिरोका कारण झण्डै तीन दर्जन बढिको ज्यान गइसकेको छ । प्राकृतिक प्रकोपले निम्ताएको महाविपत्तिको सामना सबै नेपालीले एकजुट भएर गरिरहेका छन् । उद्धार, राहत र उपचारमा एकआपसमा सहयोग हुदैँ आएको छ । बाढि, पहिरो प्रभावित क्षेत्रमा राज्यका विभिन्न संयन्त्रहरु परिचालन भएका छन् । यसक्रममा थुप्रैको उद्धार पनि भएको छ । सरकारले प्रभावित क्षेत्रका नागरिकलाई पुनर्वास, राहत र उपचारकालागि प्राथमिकता दिने पनि बताइरहेको छ । अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारले कदम चाल्ने बताएको छ । सर्वप्रथम त, तत्कालकालागि भने राज्यका संयन्त्र प्रयोग गरि उद्धारमा खटिन जरुरी छ । त्यसैगरि, प्रभावित क्षेत्रमा राहतको व्यवस्था गर्न र उपचारलाई विशेष प्राथमिकता दिन आवश्यक छ । बाढी तथा डुबानबाट पीडित भएकाहरुले पानीको सतह घटेसँगै केही राहत महसुस गर्न थालेको अवस्थामा सरकारले उनीहरुलाई उचित राहत वितरण गर्न ढिलाई गर्नुहुदैँन । त्यसैगरि, पुर्नवासको कुरामा पनि सरकार गम्भिर हुन जरुरी छ । त्यस्तै, विपत्तिको यो अवस्थामा सबैजना एकजुट भएर सामना गर्नुपर्छ । अतः उद्धार, उपचार र राहत वितरणमा सम्बन्धित संयन्त्रहरु क्रियाशिल भएर लाग्न आवश्यक छ ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top