जिल्लाको खेलकुद क्षेत्रमा नयाँ आयम ल्याएकोमा धन्यवाद !

सिन्धुली साैगात संवाददाता २०७५ कात्तिक १८ गते आइतवार काठमाडौं

 

राज्यले खेलकुदको महत्व बुझ्न नसक्दा नेपालमा खेलकुदको विकास हुन सकिरहेको छैन । यस्तो अवस्थामा स्थानिय तहमा खेलकुदको विकास हुने संभावना त झनै न्युन देख्रिन्छ । देशका विभिन्न जिल्लाहरुमा निजी लगानीमा खेलकुद प्रतियोगिताहरु संचालन गरेर पैसा कुम्ल्याउनेहरु प्रशस्तै छन् । सरकारले खेलकुदको विकासमा कुनै कदम नचलाइरहेको अवस्थामा स्वार्थी आयोजकहरुले संचालन गरेको प्रतियोगितामा सन्तुष्ट हुनु पर्ने बाध्यता छ । एसियाड, ओलम्पिक लगायत विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली खेलाडीहरुले सन्तुष्ट प्रदर्शन गर्न नसक्नुको मुख्य कारण खेलकुदको विकासमा राज्य उदासिन हुनुनै हो । आफ्नो घोषणापत्रमा खेलकुदको विकासका नारा लगाएर युवाको मत आफू तिर बटुलेका जनप्रतिनिधिहरु त झन् खेलकुद प्रतियोगिताको उद्घाटनमा मात्र पुग्ने गरेका छन् । समग्रमा, राज्यले खेलकुदको महत्वनै बुझ्न सकिरहेको छैन । यस्तो अवस्थामा बिना कुनै स्वार्थ एकल लगानीमा खेलकुद प्रतियोगिता संचालनमा आउदा स्थानिय स्तरबाटै खेलकुद विकासको बाटो खुलेको देखिन्छ । सिन्धुली ट्रष्ट र भिमान युवा क्लबले जिल्लाकै सर्वोत्कृष्ट राशि भएको ‘मोहन विक्रम स्मृति फुटबल प्रतियोगिता’ सम्पन्न गराएर जिल्लाको खेलकुद क्षेत्रमा नयाँ आयम थपिदिएको छ । मोहन विक्रम स्मृति खेलकुद प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रमा फड्को मार्ने देखिन्छ । जिल्लाको खेलकुद विकासकालागि सिन्धुली ट्रष्ट र भिमान युवा क्लबको सराहनिय कामलाई जिल्लावासीले तारिफ गरिरहेको अवस्थामा खेलकुदप्रेमि र सम्पुर्ण जिल्लावासीका तर्फबाट सिन्धुली ट्रष्ट र भिमान युवा क्लबलाई धन्यवाद ।

 

प्रतियोगिता भरि युवाहरुमा देखिएको जोशले अवसर पाउँदा युवा कसरी अघि बढ्न सक्छन् भन्ने देखाइरहेको थियो । युवाहरुको खेलकुद मोहलाई जिल्लामा कसैले बुझ्न नसकिरहेको अवस्थामा समाजसेवि उज्जवल विक्रम थापाले एकल लगानिमा जिल्लाकै ठुलो प्रतियोगिता संचालन गरेर प्रशंसाका पात्र बनेका छन् । जिल्लाका युवाहरुलाई एकिकृत गराएर प्रतियोगिता आयोजना गराउनु पक्कैपनि चुनौतिपुर्ण छ । व्यक्तिगत लगानीमा प्रतियोगिता संचालन गराउन त्यस्तै मुश्किल छ । तर पनि सिन्धुली ट्रष्टका अध्यक्ष थापा र भिमान युवा क्लबले प्रतियोगिता सफतापुर्वक सम्पन्न गराएको छ । समाजसेवि थापाले जिल्लामा विभिन्न खेलकुद प्रतियोगिता संचालन गरिरहदा जनप्रतिनिधिहरुले भने त्यसबाट कुनै पाठ सिक्न नसक्नु दुखद हो । फुटबल प्रतियोगिताले जिल्लावासीलाई नजिक मात्र ल्याएको छैन स्थानिय स्तरका खेलाडीहरुलाई ठुलो मंच पनि दिएको छ । प्रतियोगितालाई सफतापुर्वक सम्पन्न गराउन जिल्लाका युवाहरुले देखाएको सक्रियतापनि उत्तिकै प्रशंसायोग्य छ । समाजसेवामा लागेको एक व्यक्तिले खेलकुदको विकासमा अगुवाको भुमिका खेलिरहदा उनको बाटो पछ्याउन जिम्मेवार निकाय गम्भिर हुनुपर्ने देखिन्छ । समग्रमा जिल्लामा ठुलो प्रतियोगिता सम्पन्न गराएको सिन्धुली ट्रष्ट र भिमान युवा क्लबलाई धन्यवाद !

 

यो पनि पढौँः उपाधी चन्द्रमा क्लवलाई(फोटो फिचर)

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top