खेलकुद

एभरेष्ट प्रिमियर लिगःभैरहवाबाट चितवन पराजित

सिन्धुली साैगात संवाददाता २०७४ पुस ११ गते मंगलवार

एभरेष्ट प्रिमियर लिगःभैरहवाबाट चितवन पराजित

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ ।   कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा चितवनलाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो । सो जीतसँगै भैरहवा लिग चरणको एक खेलअगावै प्ले अफ चरणमा प्रवेश गरेको...बाँकी

इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

रासस,काठमाडौं २०७४ पुस १० गते सोमवार

इपिएल क्रिकेट–विराटनगरले काठमाडौँलाई हरायो

एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ ।   कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमवार भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।   त्यस्तै...बाँकी

इपिएल क्रिकेट पोखरा राइनोज विजयी

रासस,काठमाडौं २०७४ पुस ७ गते शुक्रवार

इपिएल क्रिकेट पोखरा राइनोज विजयी

एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ ।   कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो ।   यसअघि भएको खेलमा पोखराले चितवन टाइगर्सलाई पराजित...बाँकी

 एसिसी पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई 

रासस,काठमाडौं २०७४ पुस २ गते आइतवार

 एसिसी पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई 

एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पाखा लगाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो ।   जवाफमा सिंगापुर ३१ दशमलव...बाँकी

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

रासस,काठमाडौं २०७४ मंसिर २८ गते बिहीवार

नेपालद्वारा म्यानमार ३३७ रनले पराजित

एसिसी यू–१६ (सोह्र वर्षमुनि) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई ३३७ रनले पराजित गरेको छ ।   थाइल्याण्डमा जारी उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको नेपालले ३५.६ ओभरमा विकेट गुमाएर ३५० रन बनायो । जवाफी ब्याटिङमा उत्रेको म्यानमार ११.३ ओभरमा मात्र १३...बाँकी

युएईसँग नेपाल पराजित

सिन्धुली साैगात संवाददाता २०७४ मंसिर २२ गते शुक्रवार

युएईसँग नेपाल पराजित

जारी आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ६३ रनले पराजित भएको हो । युएईले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउँदै नेपाल ४२.२ ओभरमा १३२ रनमै अल-अाउट हुन पुग्यो ।     नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४२ रनको पारी खेले ।...बाँकी

नेपाल आज आइसीसी विश्व क्रिकेट लिगमा युएईसँग खेल्दै

सिन्धुली साैगात संवाददाता २०७४ मंसिर २० गते बुधवार

नेपाल आज आइसीसी विश्व क्रिकेट लिगमा युएईसँग खेल्दै

  आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणको खेलमा नेपालले आज युएईसंग खेल्दैछ ।   यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ ।   ८ टोली सहभागी प्रतियोगितामा नेपाललाई पाँचौ हुने अवसर छ । शिर्ष चारभित्र पर्न सकेको खण्डमा...बाँकी

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि

रासस, पोखरा २०७४ मंसिर १७ गते आइतवार

आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि

रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ ।   सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम क्षेत्रबाट एक /एक तथा आयोजक सहारा क्लबसहित १२ टिमको सहभागिता रहने जानकारी दिइयो...बाँकी

विश्वकप २०१८ को ड्र सार्वजनिक

सिन्धुली साैगात संवाददाता,काठमाडौं २०७४ मंसिर १६ गते शनिवार

विश्वकप २०१८ को ड्र सार्वजनिक

सन् २०१८ मा हुने विश्वकप फुटबलको फाइनल ड्र शुक्रबार सार्वजनिक गरिएको छ । शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो । विश्वकप खेल्ने ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् । कुन देश कुन...बाँकी

मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि नेपाल आर्मीलाई

रासस,काँकडभिट्टा २०७४ मंसिर १५ गते शुक्रवार

मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि नेपाल आर्मीलाई

मोफसलकै सर्वाधिक पुरस्कार राशिको मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।   शुक्रवार भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । जितसँगै आर्मीले रु आठ लाख एक हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको...बाँकी

Top