सिन्धुली विशेष

वाम एकतालाई बदनाम गर्ने कांग्रेस यस्तो रणनीति !

अनलाइनपाना संवाददाता २०७४ असोज २३ गते सोमवार

वाम एकतालाई बदनाम गर्ने कांग्रेस यस्तो रणनीति !

सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने रणनीति अख्तियार गर्ने भएको छ । प्रमुख विपक्षी एमालेले सतारुढ घटक माओवादीसँग पार्टी एकता नै गर्ने गरी चुनावी तालमेलको घोषणा गरेपछि कांग्रेसले त्यसलाई कसरी प्रतिवाद गर्ने भन्नेमा आन्तरिक विमर्श तीव्र पारेको छ । वाम गठबन्धन घोषणा...बाँकी

माओवादी नेताहरू, एमाले–माओवादी एकताप्रति को–को असन्तुष्ट ?

अनलाइनपाना संवाददाता २०७४ असोज २३ गते सोमवार

माओवादी नेताहरू, एमाले–माओवादी एकताप्रति को–को असन्तुष्ट ?

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच चुनावसम्म तालमेल गरेर जाने र त्यसपछि पार्टी एकता गर्ने सहमति भएपछि देशको राजनीति तरंगित छ । गठबन्धन निर्माणबाट माओवादीका अधिकांश नेता–कार्यकर्ता उत्साहित देखिए पनि केही नेता–कार्यकर्ताहरु भने यसबाट खुशी हुन सकेका छैनन् । बेखुस देखिएका प्रायः नेताहरु ‘पर्ख र हेर’...बाँकी

‘नेपाल-भारत सीमा नियमन गर्न परिचयपत्र’

अनलाइनपाना संवाददाता २०७४ असोज २३ गते सोमवार

‘नेपाल-भारत सीमा नियमन गर्न परिचयपत्र’

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) बैठकले दुई देशबीचको खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । आइतबार सकिएको ईपीजीको पाँचौँ बैठकमा खुला सीमालाई नियमन तथा व्यवस्थित गर्न नागरिक परिचयपत्रको व्यवस्था गर्नु उपयुक्त हुने ठहर दुवै पक्षले गरेका हुन् । प्रबुद्ध व्यक्ति...बाँकी

उम्मेदवारले मतपत्र नै चपाएपछि….

अनलाइनपाना संवाददाता २०७४ असोज २३ गते सोमवार

उम्मेदवारले मतपत्र नै चपाएपछि….

नगराइन नगरपालिकाको नगर कार्यापालिका निर्वाचनमा नेपाली कांग्रेस उम्मेदवारले मतपत्र नै चपाएका छन् । नगरसभाका लागि तीन दलित वा अल्पसंख्यक सदस्य चयन गर्न आइतबार भएको निर्वाचनको मतगणना क्रममा सूर्यनारायाण साहले मतपत्र खोसेर चपाएका हुन् । मतगणनाका क्रममा पुगेका बेला एमाले उम्मेदवारले निर्वाचन अधिकृतमाथि धाँधली गरेको आरोप लगाएपछि कांग्रेस उम्मेदवार...बाँकी

वैद्य माओवादी फेरी फुटको संघारमा

अनलाइनपाना संवाददाता २०७४ असोज २० गते शुक्रवार

वैद्य माओवादी फेरी फुटको संघारमा

राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेकपा (क्रान्तिकारी माओवादी) भित्र दुई धार देखिएको छ । तत्कालीन जनयुद्धमा सहभागी र एकता प्रक्रियाबाट आएको समूहबीच जनयुद्ध र माओवादलाई लिएर मत बाझिएको हो । राष्ट्रिय सम्मेलनमा छलफलका लागि पार्टी केन्द्रीय कमिटीले पारित गरेको राजनीतिक दस्तावेज र आन्तरिक बहसमा एकता प्रक्रियाबाट आएका तत्कालीन नेकपा...बाँकी

ढल्केवर सवस्टेशन निर्माणको ठेक्का तोडियो, आगामी हिउँदमा लोडसेडिङ हुनसक्ने

अनलाइनपाना संवाददाता २०७४ असोज २० गते शुक्रवार

ढल्केवर सवस्टेशन निर्माणको ठेक्का तोडियो, आगामी हिउँदमा लोडसेडिङ हुनसक्ने

धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा लोडसेडिङको तालिका आउने सङ्केत देखा परेको छ । ढल्केवर सव स्टेसन निर्माण सम्पन्न नभएपछि आगामी हिउँदको लोडसेडिङलाई दृष्टिगत गरी भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली नेपाल भित्रिन नसक्ने अबस्थाले यस्तो...बाँकी

उपेन्द्र यादबको फोरम कांग्रेस नेतृत्वको गठबन्धनमा नबस्ने

अनलाइनपाना संवाददाता २०७४ असोज २० गते शुक्रवार

उपेन्द्र यादबको फोरम कांग्रेस नेतृत्वको गठबन्धनमा नबस्ने

सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेल खुला रहे पनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो । कांग्रेससँग मात्रै नभई एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको...बाँकी

भूकम्पपीडितमाथि थप पिडा : सिइओ चुनाव लड्दै

अनलाइनपाना संवाददाता २०७४ असोज १९ गते बिहीवार

भूकम्पपीडितमाथि थप पिडा : सिइओ चुनाव लड्दै

भूकम्पपछिको पुननिर्माणका लागि गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण राजनीतिक चलखेलको थलो बन्दा पीडित थप मारमा पर्ने देखिएको छ । २८ महिनासम्म टहरामा जिवन गुजार्न बाध्य पीडितमाथि फेरि अर्को राजनीतिक चलखेल सुरु भएको छ । नेपाली कांग्रेसले प्राधिकरणका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेललाई प्युठानबाट प्रतिनिधिसभा चुनावको लागि...बाँकी

भारतले खुला सीमा नियमनमा जोड दिने, सबै समस्या केलाइने

अनलाइनपाना संवाददाता २०७४ असोज १८ गते बुधवार

भारतले खुला सीमा नियमनमा जोड दिने, सबै समस्या केलाइने

आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागूपदार्थ ओसारपसारलगायत तस्करी नियन्त्रणका लागि भारतले नेपाल–भारत सीमा नियमनमा जोड दिने भएको छ । नेपाल–भारत ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को आगामी पाँचौं बैठकमा नेपाल९भारत सीमा नियमन र सीमा सुरक्षा प्रमुख एजेन्डा बनाउँदै भारतीय पक्षले सीमा नियमनबारे आफ्नो धारणा राख्ने तयारी गरेको हो ।...बाँकी

राम रहिम सिंहकी धर्मपुत्री हनीप्रीत पक्राउ

अनलाइनपाना संवाददाता २०७४ असोज १८ गते बुधवार

राम रहिम सिंहकी धर्मपुत्री हनीप्रीत पक्राउ

भारतमा विवादित धर्मगुरु राम रहिम सिंहकी धर्मपुत्रि हनीप्रीत ईन्सानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । अगस्ट महिनामा धर्मगुरु राम रहिमलाई अदालतले २० बर्ष अगाडी आफना दुई महिला अनुयाइलाई बलात्कार गरेको घटनामा दोषी ठहर गरेपछि भएको हिंसा भड्काउनमा संलग्न रहेका अरोपित मध्ये हनीप्रीत ईन्सान पनि एक रहेको भारतीय प्रहरीले...बाँकी

Top