राजनीति

ज्योतिष शास्त्र भन्छ– ओलीलाई राजयोग, प्रचण्डलाई दशा

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ६ गते बिहीवार

ज्योतिष शास्त्र भन्छ– ओलीलाई राजयोग, प्रचण्डलाई दशा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाम एकताका लागि कस्सिए पनि यसको निचोडका सम्बन्धमा अल्झिएका छन् । विहीबार दुवैले अनौपचारिक भेट गरेका छन् तर एकताको हलो जहाँको त्यहि अड्कीएको छ । यो नियमित अनौपचारिक भेट हुँदाहुँदै पनि एकता किन अघि...बाँकी

रमेश पौडेल युवा संघको नेतृत्वमा चयन

सिन्धुली साैगात संवाददाता २०७५ वैशाख ६ गते बिहीवार

रमेश पौडेल युवा संघको नेतृत्वमा चयन

  एमाले सम्वद्ध युवा संघको नयाँ नेतृत्वमा रमेश पौडेल चयन भएका छन् । बिहीबार बिहान सम्पन्न संघको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । पौडेल यसअघि युवा संघको उपाध्यक्ष थिए ।     यसअघिको अध्यक्ष राजीव पहारी प्रदेशसभा सांसद भएपछि नयाँ नेतृत्व चयन गरिएको हो । नेतृत्वमा दावी...बाँकी

नेपाली काँग्रेसको स्थापना दिवस, ट्वीटर शुभकामनामै सिमित

सिन्धुली साैगात संवाददाता २०७४ चैत २७ गते मंगलवार

नेपाली काँग्रेसको स्थापना दिवस,  ट्वीटर शुभकामनामै सिमित

  नेपाली कांग्रेस स्थापना भएको आज ६८ वर्ष पुगेको छ । चैत २७ गतेकै दिन २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको थियो । अहिलेसम्म कांग्रेसले २००७ सालको क्रान्ति, २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहालीका लागि...बाँकी

बाम एकताको विवादको गाँठो फुकेन

सिन्धुली साैगात संवाददाता २०७४ चैत २२ गते बिहीवार

बाम एकताको विवादको गाँठो फुकेन

प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै पार्टी एकताको तयारी गरिरहेका नेकपा एमाले र माओवादी केन्द्रबिचको विवादको गाँठो आज पनि फुक्न सकेन।   प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकताका लागि विवादका विषयहरूमा सहमति जुट्न सकेन्। बैठकले पार्टी एकता संयोजन समितिको अर्को बैठक प्रधानमन्त्रीको भारत भ्रमणबाट...बाँकी

खुमबहादुरको निधनपछि को–को हुँदैछन् ‘राजनीतिक टुहुरा’ ?

सिन्धुली साैगात संवाददाता २०७४ चैत १९ गते सोमवार

खुमबहादुरको निधनपछि को–को हुँदैछन् ‘राजनीतिक टुहुरा’ ?

नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्री भिम सिंह गुरूङ् अन्य कांग्रेसी भन्दा अधिक भावुक भए । कांग्रेस मुख्यालय वीपी स्मृति भवन सानेपामा दिवंगत नेता खुमबहादुर खड्कालाई श्रद्धाञ्जली दिँदै गर्दा उनी यस्तो भावुकतामा देखिए । खुमबहादुरप्रति सामाजिक सञ्जालमा उनले लेखे– मृत्यु निश्चित छ । तर अकल्पनिय भयो । उनले योसँगै...बाँकी

लोकप्रिय मतमा काँग्रेस एमालेभन्दा ५ प्रतिशत बढी

सिन्धुली साैगात संवाददाता २०७४ चैत ११ गते आइतवार

लोकप्रिय मतमा काँग्रेस एमालेभन्दा ५ प्रतिशत बढी

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका काँग्रेस प्रत्यक्षतर्फको लोकप्रिय मतका आधारमा काँग्रेस पहिलो पार्टी भएको छ । सिट संख्याका आधारमा संसदमा ठूलो अन्तरले पछाडि परेको काँग्रेसले लोकप्रिय मतमा भने एमालेलाई उछिनेको हो ।   निर्वाचन आयोगले तयार पारेको निर्वाचन प्रतिवेदनअनुसार प्रत्यक्षतर्फ काँग्रेसले ३५ दशमलव...बाँकी

माधव नेपाल नै संस्थापनसँग मिलेपछि ओली इतर खेमाको विचल्ली

सिन्धुली साैगात संवाददाता २०७४ चैत ९ गते शुक्रवार

माधव नेपाल नै संस्थापनसँग मिलेपछि ओली इतर खेमाको विचल्ली

माओवादी केन्द्रसँग एकता प्रक्रिया नजिकिदै जाँदा नेकपा एमाले भित्रका गुटगत समूहमा ब्यापक परिवर्तनको संकेत देखिएको छ । लामो समययता एमालेमा मुख्यत अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालले फरक–फरक समूहको नेतृत्व गर्दै आएका छन् । पछिल्लो पटक सरकार गठनसँगै एमालेमा गुटहरु ब्यापक रुपमा परिवर्तन भइरहेको संकेत देखिन थालेको...बाँकी

अब गर्न सक्लान् त पार्टी एकता ?

सिन्धुली साैगात संवाददाता २०७४ चैत ७ गते बुधवार

अब गर्न सक्लान् त पार्टी एकता ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यति बेला आफ्नै कार्यकताको नजरमा शंकाको घेरामा परेका छन् ।   निर्वाचको केहि समय अघिदेखी एमाले माओवादीबीच पार्टी एकताको कुरा अलमलमा परेको कारण उनीहरु दुवै जना शंकाके घेरामा तानिएका हुन् । बाम एकताको नारा बोकेर...बाँकी

मन्त्री यादव विना कार्यक्रम सुटुक्‍क दिल्ली पुगे

सिन्धुली साैगात संवाददाता २०७४ चैत ६ गते मंगलवार

मन्त्री यादव विना कार्यक्रम सुटुक्‍क दिल्ली पुगे

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव एकाएक भारत पुगेका छन् । पूर्वनिर्धारित कार्यक्रम नभएर आकस्मिक रुपमा उनी दिल्ली पुगेका हुन् ।   माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री यादवले दिल्ली पुगेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । यादवको नीजि सचिवालयका अनुसार दिल्लीमा भारतीय विदेशमन्त्री स्वराजसँग दुई...बाँकी

ओली सरकारमा दुई चर्चित अनुहार अटेनन्

सिन्धुली साैगात संवाददाता २०७४ चैत ३ गते शनिवार

ओली सरकारमा दुई चर्चित अनुहार अटेनन्

शानदार दुई तिहाई बहुमतमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक महिनापछि पूर्णता पाएको छ । ओली प्रधानमन्त्री नियुक्त भएको ठिक एक महिनापछि उनले सरकारलाई पूर्णता मात्र दिएका छैनन, लामो समयदेखि एमालेसँग रुष्ट बनेको संघिय समाजबादी फोरमलाई पनि सरकारको सिडी चडाएका छन् ।   प्रधानमन्त्री ओली...बाँकी

Top