पत्रपत्रिका

भारतबाट नेपालतर्फ चाँदी तस्करी

अनलाइनपाना संवाददाता २०७४ असोज २२ गते आइतवार

भारतबाट नेपालतर्फ चाँदी तस्करी

भारतबाट नेपालतर्फ चाँदी तस्करी हुने गरेको खुलेको छ । मूर्ति र पूजामा प्रयोग हुने विभिन्न सामग्री बनाएर भारतबाट नेपालतर्फ चाँदी तस्करी हुने गरेको हो । चाँदीबाट मूर्ति, चम्चा, आचमनी, पञ्चपात्रो, छत्री, माछा र विभिन्न गरगहना बनाएर भारतबाट तयारी सामान तस्करी हुने गरेको हो । नेपालबाट भारततर्फ चाँदी तस्करी...बाँकी

वैद्य माओवादी फेरी फुटको संघारमा

अनलाइनपाना संवाददाता २०७४ असोज २० गते शुक्रवार

वैद्य माओवादी फेरी फुटको संघारमा

राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेकपा (क्रान्तिकारी माओवादी) भित्र दुई धार देखिएको छ । तत्कालीन जनयुद्धमा सहभागी र एकता प्रक्रियाबाट आएको समूहबीच जनयुद्ध र माओवादलाई लिएर मत बाझिएको हो । राष्ट्रिय सम्मेलनमा छलफलका लागि पार्टी केन्द्रीय कमिटीले पारित गरेको राजनीतिक दस्तावेज र आन्तरिक बहसमा एकता प्रक्रियाबाट आएका तत्कालीन नेकपा...बाँकी

ढल्केवर सवस्टेशन निर्माणको ठेक्का तोडियो, आगामी हिउँदमा लोडसेडिङ हुनसक्ने

अनलाइनपाना संवाददाता २०७४ असोज २० गते शुक्रवार

ढल्केवर सवस्टेशन निर्माणको ठेक्का तोडियो, आगामी हिउँदमा लोडसेडिङ हुनसक्ने

धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा लोडसेडिङको तालिका आउने सङ्केत देखा परेको छ । ढल्केवर सव स्टेसन निर्माण सम्पन्न नभएपछि आगामी हिउँदको लोडसेडिङलाई दृष्टिगत गरी भारतबाट ल्याउने भनिएको थप ५५ मेगावाट बिजुली नेपाल भित्रिन नसक्ने अबस्थाले यस्तो...बाँकी

उपेन्द्र यादबको फोरम कांग्रेस नेतृत्वको गठबन्धनमा नबस्ने

अनलाइनपाना संवाददाता २०७४ असोज २० गते शुक्रवार

उपेन्द्र यादबको फोरम कांग्रेस नेतृत्वको गठबन्धनमा नबस्ने

सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेल खुला रहे पनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो । कांग्रेससँग मात्रै नभई एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको...बाँकी

भूकम्पपीडितमाथि थप पिडा : सिइओ चुनाव लड्दै

अनलाइनपाना संवाददाता २०७४ असोज १९ गते बिहीवार

भूकम्पपीडितमाथि थप पिडा : सिइओ चुनाव लड्दै

भूकम्पपछिको पुननिर्माणका लागि गठन गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण राजनीतिक चलखेलको थलो बन्दा पीडित थप मारमा पर्ने देखिएको छ । २८ महिनासम्म टहरामा जिवन गुजार्न बाध्य पीडितमाथि फेरि अर्को राजनीतिक चलखेल सुरु भएको छ । नेपाली कांग्रेसले प्राधिकरणका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेललाई प्युठानबाट प्रतिनिधिसभा चुनावको लागि...बाँकी

भारतले खुला सीमा नियमनमा जोड दिने, सबै समस्या केलाइने

अनलाइनपाना संवाददाता २०७४ असोज १८ गते बुधवार

भारतले खुला सीमा नियमनमा जोड दिने, सबै समस्या केलाइने

आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागूपदार्थ ओसारपसारलगायत तस्करी नियन्त्रणका लागि भारतले नेपाल–भारत सीमा नियमनमा जोड दिने भएको छ । नेपाल–भारत ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को आगामी पाँचौं बैठकमा नेपाल९भारत सीमा नियमन र सीमा सुरक्षा प्रमुख एजेन्डा बनाउँदै भारतीय पक्षले सीमा नियमनबारे आफ्नो धारणा राख्ने तयारी गरेको हो ।...बाँकी

राम रहिम सिंहकी धर्मपुत्री हनीप्रीत पक्राउ

अनलाइनपाना संवाददाता २०७४ असोज १८ गते बुधवार

राम रहिम सिंहकी धर्मपुत्री हनीप्रीत पक्राउ

भारतमा विवादित धर्मगुरु राम रहिम सिंहकी धर्मपुत्रि हनीप्रीत ईन्सानलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । अगस्ट महिनामा धर्मगुरु राम रहिमलाई अदालतले २० बर्ष अगाडी आफना दुई महिला अनुयाइलाई बलात्कार गरेको घटनामा दोषी ठहर गरेपछि भएको हिंसा भड्काउनमा संलग्न रहेका अरोपित मध्ये हनीप्रीत ईन्सान पनि एक रहेको भारतीय प्रहरीले...बाँकी

दक्षिण एसियामा नेपाल चौथो प्रतिस्पर्धी अर्थतन्त्र

अनलाइनपाना संवाददाता २०७४ असोज १८ गते बुधवार

दक्षिण एसियामा नेपाल चौथो प्रतिस्पर्धी अर्थतन्त्र

राजनीतिक अस्थिरता असक्षम कर्मचारीतन्त्र, पुर्वाधारको अभाव, नीतिगत अस्थिरता तथा भ्रष्टाचारका कारण व्यवसायमा चौथो प्रतिस्पर्धी अर्थतन्त्रको स्थाानमा कायमै रहेको छ । वल्र्ड इकोनोमिक फोरमद्धारा हालै सार्वजनिक विश्वको प्रतिस्पर्धी क्षमता २०१७ का अनुसार नेपाल गत बर्षभन्दा सुचकांकमा १० तह माथि उक्लेर ८८ औं नम्बरमा परे पनि दक्षिण एसयामा भने चोथौ...बाँकी

Top