मुख्य खबर

नेकपामा स्कुल विभागले ‘तनाब’

सिन्धुली साैगात संवाददाता २०७६ साउन ९ गते बिहीवार

नेकपामा स्कुल विभागले ‘तनाब’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि स्थगित भएको छ । विभागहरुको नेतृत्वको विषयमा गृहकार्य पूरा नभएको र नरबहादुर कर्मचार्यको स्मृति दिवस कार्यक्रम पनि भएकाले बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।   नेकपामा विभागहरुको नेतृत्वको विषयमा कुरा मिल्न सकेको छैन । अन्य विभागहरुको विषयमा...बाँकी

तीन महिनाभित्र प्रचण्ड– बाबुरामलाई हेगमा उभ्याने चेतावनी

सिन्धुली साैगात संवाददाता २०७६ साउन ९ गते बिहीवार

तीन महिनाभित्र प्रचण्ड– बाबुरामलाई हेगमा उभ्याने चेतावनी

बर्हिगमित माओवादी लडाकुले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन् ।   रिपोर्टर्स क्लब नेपालमा बिहिवार पत्रकार सम्मेलन गदै पूर्व बाल लडाकुले पुनः स्थापनाको लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालिन नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत दश वर्ष लामो...बाँकी

आज राति सतर्क रहन मौसमविद्को आग्रह

रासस २०७६ साउन ८ गते बुधवार

आज राति सतर्क रहन मौसमविद्को आग्रह

मौसमविद्ले आज राति विभिन्न स्थानमा पानी पर्ने भएकाले बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अबको केही घण्टा ठूलो पानी पर्ने अवस्था नरहे पनि राति १२ बजेपछि देशका धेरै स्थानमा पानी पर्ने भएकाले सतर्क हुनुपर्नेछ ।...बाँकी

अहिलेसम्म ४७ जनप्रतिनिधिको पद रिक्त

शरद शर्मा (रासस) २०७६ साउन ८ गते बुधवार

अहिलेसम्म ४७ जनप्रतिनिधिको पद रिक्त

  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको छ ।   मन्त्रालयले पटकपटक निर्देशन दिँदा पनि स्थानीय तहले रिक्त जनप्रतिनिधिको विवरण नपठाएपछि पुनः बिहीबार (भोलि) सम्ममा विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको हो ।   निर्वाचन आयोगले मन्त्रालयलाई पत्र पठाउँदै...बाँकी

सिसिटिभी फुटेजका दृश्य स्पष्ट देखिने प्रविधि भित्रिँदै

सञ्चिता घिमिरे (रासस) २०७६ साउन ८ गते बुधवार

सिसिटिभी फुटेजका दृश्य स्पष्ट देखिने प्रविधि भित्रिँदै

घर वा कार्यालयमा भएको सिसिटिभीले पनि व्यक्ति पहिचान गर्न नसक्दा हैरान हुनुहुन्छ ? घर वा कार्यालयमा चोरी हुँदा व्यक्ति र उसले प्रयोग गरेका सामग्री र सडकमा दुर्घटना हुँदा सवारीसाधन देखिए पनि नम्बर प्रस्ट नदेखिँदा धेरैलाई समस्या भएको हुनसक्छ । प्रहरीसम्म पुग्दा पनि अनुहार टाढाबाट नचिनिएको भन्दै तपाई रित्तो...बाँकी

प्रतिनिधिसभा पहिलो बैठक स्थगित, दोस्रो २ः३० बजे बस्ने

रासस २०७६ साउन ८ गते बुधवार

प्रतिनिधिसभा पहिलो बैठक स्थगित, दोस्रो २ः३० बजे बस्ने

प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । सभामुख कृष्णबहादुर महराले अर्काे बैठक आजै दिउँसो २ः३० का लागि बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । पहिलो बैठक विशेष कारणवश स्थगित गर्नुपरेको सूचनामा उल्लेख...बाँकी

पहिराका कारण धरान चतरा सडकखण्ड अवरुद्ध

रासस २०७६ साउन ८ गते बुधवार

पहिराका कारण धरान चतरा सडकखण्ड अवरुद्ध

मंगलबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा हटिया हुँदै फापरबारी, राइगाउँ पुग्ने धरान चतरा सडकखण्ड अवरुद्ध बनेको छ ।   सडक अवरुद्ध हुँदा मकवानपुरको पूवी क्षेत्रमा चल्ने यातायात बन्द भएका छन् । सडकखण्डअन्तर्गत बकैया–५ श्रीपुरमा पहिरो जाँदा छितवन, फापरबारी, राइगाउँ जाने सडकखण्ड पूर्णरुपमा बन्द भएको हो...बाँकी

प्रतिकूल मौसमले आन्तरिक उडानमा समस्या

रासस २०७६ साउन ८ गते बुधवार

प्रतिकूल मौसमले आन्तरिक उडानमा समस्या

प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका प्रवक्ता...बाँकी

जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

रासस २०७६ साउन ८ गते बुधवार

जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग१ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो ।...बाँकी

अब विपद्का सबै सूचना एकै ठाउँबाट …

रासस २०७६ साउन ७ गते मंगलवार

अब विपद्का सबै सूचना एकै ठाउँबाट …

तपाईँले कुनै पनि बेला हुने विपद्का घटनाको जानकारी पाउन सकस झेल्दै आउनुभएको छ ? अथवा भएका घटनामा जानकारी पाउन सक्नु भएको छैन ? या वर्तमानमा कहाँ के भइरहेको छ भनेर जानकारी लिन मुस्किल परिरहेको पो छ की !   त्यतिमात्रै होइन, भएका घटनाबारे अहिले के भैरहेको छ, राहत...बाँकी

Top