• बुधबार, अशोज १, २०७६
  • Wednesday 18th September 2019

समाचारको पात्र

सिन्धुली सौगात

चौध वर्षको कलिलो शरिर मेरो
खै के देख्यौँ तिमिले

 

आज म तिम्रो कुन नजरको सिकार भएकी छु,
पढी लेखी ठूलो मान्छे बन्ने सानो सपना मेरो

 

तर तिम्रो प्यास मेटाउन आज बलात्कार भएकी छु
मेरो हात खुट्टा बाँधी

 

मुख छोपी छुरा रोपी तिमिले
तिम्रो हरेक प्रहार सहेकी छु,

 

मृत मेरो शरिरमा समवेदना चढाउन धेरै आए
कयौँ संघ संस्थाको डलर निम्ताउने आहार भएकी छु,

 

हरेक दिन मेरो तस्बिर सहित मुख्य हेडलाईन आउने म

न्यायको लागि भौतारिदै हिड्ने कथा मेरो

आज हरेक राष्ट्रिय दैनिकको ताजा समाचार भएकी छु…………………!

प्रकाशित मिति : सोमवार, पुस २, २०७५