नेकपाले टुंग्यायो विभाग नेतृत्व

सिन्धुली साैगात संवाददाता २०७६ साउन ३१ गते शुक्रवार काठमाडौं

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको स्कुल विभागको प्रमुखमा ईश्वर पोखरेलाई चयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको हो ।

 

यस्तै प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतमलाई नेतृत्व दिइएको छ। यस्तै अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको नेता श्रेष्ठले बैठकपछि जानकारी दिएका छन् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top