बाल यौनदुराचारको गन्तव्य नबनोस् नेपाल

सम्पादकीय २०७६ साउन ३१ गते शुक्रवार सिन्धुली

 

 

पछिल्लो समय नेपालमा बाल यौनदुराचारको संख्या वढिरहेको छ । विशेषगरि, पर्यटकका रुपमा नेपाल आउनेहरुले बालबालिकामाथि यौन दुव्र्यवहार गरेको घट्ना दिनानुदिन बढ्दो छ । विभिन्न समाजिक कार्य लगायत अन्तर्राष्ट्रिय संघसंस्थासँग आबद्ध रेहका विदेशि पर्यटकहरुले नेपाली बालबालिकामाथि दुव्र्यवहार गर्दै आएको घट्ना सार्वजनिक हुदैँ आएको छ । पछिल्लो केहि वर्षको तथ्यांक हेर्ने हो भने पनि बाल यौनदुराचारमा संलग्न रहेको पर्यटकहरुको संख्या बढ्दो छ । बालबालिकाहरु विभिन्न प्रलोभन देखाएर यौन दुव्र्यवहार गर्ने घट्ना बढिरहेको छ । केहि महिना अघि मात्र पनि राष्ट्र संघका उच्च सदस्य बाल यौनदुराचारमा पक्राउ परेपछि नेपालमा बालबालिकामाथि यौन दुव्र्यवहारको यथार्थलाई झल्काएको छ । बालबालिकाको हकहितका लागि भनेर केहि अन्तर्राष्ट्रिय संघसंस्थाका अधिकारीहरुले बालबालिकामाथिनै यौन दुव्र्यवहार गर्दै आएका छन् । तसर्थ, विदेशि पर्यटकहरुको गतिविधिलाई अनुगमन गर्न सम्बन्धित निकाय चुक्नुहुदैँन । नेपाललाई बाल यौनदुराचारको गन्तव्य बन्न नदिन सम्बन्धित सबै पक्ष गम्भिर हुन आवश्यक छ ।

 

शिक्षाको अभाव, बेरोजगारी र आर्थिक अवस्थाका कारण पनि नेपालमा बालबालिका दुव्र्यवहारको घट्ना बढिरहेको छ । विशेषगरि, नौलो मान्छेसँग सजिलै घुलमिल हुने लगायत परिवारले बालबालिकालाई नजरअन्धाज गर्ने हुदाँ पनि बाल दुव्र्यवहारमा वृद्धि आएको छ । तसर्थ, बालबालिकाको हेरचाह र पर्यटकमाथि निगरानि राख्न सम्बन्धि संयन्त्र सक्रिय हुन आवश्यक छ । अतः बाल योनदुराचारको घट्ना बढिरहेको अवस्थामा सबै सम्बन्धित पक्ष गम्भिर हुन जरुरी छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top