सिन्धुली विपदको जोखिममा

सिन्धुली साैगात संवाददाता २०७६ साउन ३१ गते शुक्रवार काठमाडौं

 

सिन्धुली – सिन्धुली विपदको जोखिममा रहेको छ । विपद व्यवस्थापन समितिका अनुसार जिल्ला भित्र रहेका ९ स्थानीय तह मध्य ६ स्थानीय तह सबै प्रकारका विपदको उच्च जोखिममा रहेका हुन्।

 

दुधौली नगरपालिका, कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, तीनपाटन गाउँपालिका र मरिण गाउँपालिका उच्च जोखिममा रहेको विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले तयार पारेको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०७६ मा उल्लेख गरिएको छ । यस्तै सुनकोशी गाउँपालिका, घ्याङलेक गाउँपालिका, गोलन्जोर गाउँपालिका मध्यम जोखिममा रहेको विपद पूर्व तयारी तथा प्रतिकार्य योजनामा उल्लेख छ ।

 

जिल्लाको अधिकांश क्षेत्रहरु बाढीको उच्च जोखिममा रहेको तथा बाढीबाट प्रभावित भएको तथ्यांक उच्च रहेको छ । जसमा दुधौली नगरपालिका र मरिण गाउँपालिका बाढीबाट अत्यधिक प्रभावित तथा कमलामाई नगरपालिका,हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिका बाढीबाट प्रभावित हुने गरेका छन् ।

 

यस्तै भुकम्पबाट सुनकोशी गाउँपालिका, घ्याङ्लेक गाउँपालिका, मरिण गाउँपालिका, गोलन्जोर गाउँपालिका उच्च जोखिममा छन् भने हरिहरपुरगढी गाउँपालिका, कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका र दुधौली नगरपालिका मध्यम जोखिममा रहेको उल्लेख गरिएको छ ।

 

यस्तै जिल्लामा तेस्रो मुख्य विपदमा आगलागी रहेको विश्लेषण गरिएको छ जसबाट सुनकोशी गाउँपालिका, घ्याङलेक गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका उच्च जोखिममा रहेका छन् । यस्तै अर्को विपदको जोखिममा पहिरोलाई लिईएको छ । पहिरोबाट विशेष गरि सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेक गाउँपालिका प्रभावित रहेको कार्य योजनामा उल्लेख गरिएको छ ।

 

विगतका विपदका घटनालाई विश्लेषण गरी नेपाल रेडक्रस सोसाईटीले तयार पारेको अनुमानीत तथ्यांक अनुसार यस वर्ष विपदबाट ८ प्रतिशत जनसंख्या प्रभावित हुने आँकलन समेत गरिएको छ । २ हजार परिवारका ११ हजार ४ सय पुरुष र १२ हजार ३ सय महिला प्रभावित हुने आंकलन गरिएको जनाईएको छ ।

 

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top