रिर्सोट तथा पर्यटन क्रियाकलाप सञ्चालन हुने

सिन्धुली साैगात संवाददाता २०७६ साउन ३१ गते शुक्रवार सिन्धुली

 

कमलामाई नगरपालिका सिन्धुलीकाले ऐतिहासिक सिन्धुलीगढीको पुरातात्विक सम्पदा भन्दा बाहिर रहेका सामुदायीक वनक्षेत्र भित्र रिर्सोट तथा पर्यटन क्रियाकलाप सञ्चालन गर्ने भएको छ ।

 

वार टुरिजमको रुपमा बिकास हुँदै गरेको नेपालको ऐतिहासिक एवंम पर्यटकिय स्थल सिन्धुली गढीमा पर्यटकहरुको आवगमनमा बृद्धि गराउँदै पर्यटकको बसाई लम्ब्याउने उद्धेश्यका साथ नगरपालिकाले रिर्सोट तथा पर्यटन क्रियाकलाप सञ्चालनमा ल्याउन लागेको हो ।

 

नगरपालिकाले उक्त पेरीफेरीमा सो प्रकृतिको व्यवसाय सञ्चालन गर्न ईच्छुकलाई बिभिन्न दायरामा रहेर कार्तिक २० भित्रमा आवेदन आवहान गरेको छ ।

 

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top