२०७६ साल साउन ३१ गते शुक्रबारको राशिफल

ज्योतिषी दुर्गा भण्डारी । २०७६ साउन ३० गते बिहीवार सिन्धुली

 

वि.सं.२०७६ साल साउन ३१ गते । शुक्रबार । ईश्वी सन् २०१९ अगष्ट १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । भाद्र कृष्णपक्ष । तिथि प्रतिपदा,३१ घडी ५३ पला ,बेलुकी ०६ बजेर १८ मिनेट उप्रान्त द्वितीया । नक्षत्र धनिष्ठा,१२ घडी ०२ पला,बिहान १० बजेर २४ मिनेट उप्रान्त शतभिषा । योग शोभन,१९ घडी ४१ पला,दिउसो ०१ बजेर २७ मिनेट उप्रान्त अतिगण्ड । करण कौलव,बेलुकी ०६ बजेर २० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा धाता योग । चन्द्रराशि कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेट । दिनमान ३२ घडी ४२ पला । पञ्चक। गाईजात्रा (सापारु) ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- सिमीत स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउँन सक्छन् । दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव हुने तथा पति पत्निबिचको सम्बन्धमा अविश्वास बढ्नेछ । अन्यत्रै ध्यान मोडिदा पढाई लेखाईमा पछि परिनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- राजनितिज्ञको लागि समय मध्ययम रहेकोछ । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानि न्युन हुनेछ । बुवा तथा अग्रजसँग मनमुटाब बढ्ने तथा घरायसि कुरामा राज बाजिनेछ । पढाई लेखाईमा समय दिएपनि नतिजा भनेजस्तो आउँनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । अप्ठ्यारा परिस्थिति सँग जुध्नुपरेपनि लक्ष्य पहिल्याउँन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :- धार्मिक तथा पढाई लेखाईकै सवालमा लामो दुरिको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा बलियो उपस्थिति रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश बिदेशको यात्रा हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिति रहनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय कुर्नुनै उत्तम हुनेछ । काम गर्दा ध्यान दिनुहोला ऋण तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ । मन परेको मानिस टाडिने हुँदा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । पढाई लेखाईमा मेहनेत गर्दामात्र नतिजा हात पार्न सकिनेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- व्यापारको शिलशिलामा लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुँनेछ । प्रेम सम्वन्धमा विश्वासको वाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- अदालत तथा न्यायिक निकायबाट हुँने निर्णयहरु तपाईको बिपक्षमा आउँने हुँनाले कुनै पनि मुद्दा मामिलामा सामेल नहुँनु होला । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले खानपानमा ध्यान दिनुहोला । अध्ययन अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । घर परिवार तथा आफन्तहरु सँग घरायसि कुरामा राय बाजिनेछ ।

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- बिद्या तथा प्रतिष्पर्धामा सहपाठिहरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउँनेछ भने मन परेका मानिसबाट उपाहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुदा मन प्रशन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- घरेलु समस्याले सताउँने तथा आमाको स्वास्थ्यमा खरावि आउँन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाई लेखाई सुस्त गतिमा अगाडि बढ्नेछ । कृषि,सहकारि तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुँनेछ । राजनितिकर्मिका लागि समय अन्यदिन भन्दा मध्ययम रहेकोछ ।

 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- आफन्त,छिमेकी तथा दाजुभाई सँग घरायसि कुरामा राय बाजिनेछ । छोटो तथा लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । आट,शाहस तथा पराक्रम गर्न नसक्दा आतमा आईसकेको काम अरुकै हातमा पर्नेछ । बिवाद तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । प्रेममा मनमुटाब तथा धोका हुनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- व्यापारबाट भनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसायमा लगानि गर्ने अवसर जुर्नेछ । सापटि लगिएका धन तथा सम्पति फिर्ता हुने योग रहेकोछ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाइैकै पोल्टोमा पर्नेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय खर्चिनेहरुका लागि समय फलदायि रहनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- मिष्टान्न भोजन,उत्तम बस्त्र तथा उपाहार हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा नयाँ नयाँ आम्दानिका स्रोतहरु फेला पर्नेछन् । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुँनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानि हुनेछ । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top