सिन्धुलीमा २ हजार ८२ परिक्षार्थीले (एसईई) को ग्रेड बृद्धि परिक्षा दिने

राधिका बुढाथोकी २०७६ साउन ३० गते बिहीवार सिन्धुली

 

सिन्धुलीमा यस बर्ष २ हजार ८२ परिक्षार्थीहरुले माध्यमिक शिक्षा परिक्षा (एसईई) को ग्रेडबृद्धि परिक्षा दिने भएका छन् । यही भदौ १ गते देखी सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) को ग्रेड बृद्धि परिक्षाका लागी सिन्धुलीमाढीका ४ वटा बिद्यालयमा परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले जनाएको छ ।

 

इकाईका शाखा अधिकृत नेत्र गजुरेलका अनुसार सिन्धुली माढीमा रहेको जनज्योति माध्यमिक बिद्यालय फोस्रेटारमा ६३४,माध्यमिक बिद्यालय पानीटयांकीमा ५३८, गौमती माध्यमिक बिद्यालय माढीबजारमा ५०५ र कमला माध्यमिक बिद्यालय ढुंग्रेबास परिक्षा केन्द्रमा ४०५ परिक्षार्थीका लागी परिक्षा केन्द्र तोकिएको छ ।

 

यस बर्ष गेड बृद्धि परिक्षा दिनेमा सबै भन्दा बढी १८ सय २३ जना अनिवार्य गणित बिषयका परिक्षार्थी रहेका छन् । यस्तै ९ सय ४३ जना अनिवार्य अंग्रजी, ७४३ जना बिज्ञान बिषयका परिक्षार्थी रहेका छन् । गेड बृद्धि परिक्षा दिनेमा कोही पनि प्राबिधिकधारका बिद्यार्थी नरहेको अधिकृत गजुरेलले बताए ।

यस वर्ष जिल्लामा २६ परीक्षा केन्द्रबाट १ सय ३४ विद्यालयका नियमित, ग्रेडबृद्धि तथा प्राविधिकधारका गरी कुल ५ हजार ६ सय २० जना विद्यार्थीले माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षा दिएका थिए । जस मध्ये ३२ सय बिद्यार्थी निर्वाध रुपमा माथिल्लो कक्षामा भर्ना हुने गरि उतिर्ण भएको अधिकृत गजुरेलले बताए ।

यस बर्षको एसइई परिक्षामा सिन्धुलीका कति बिद्यार्थी कुन गे्रडमा उतिर्ण भए त्यसको लेजर भर्खर कार्यलयमा प्राप्त भएको तर कर्मचारी अभावका कारण छुट्याउन नसकिरहेको उनले बताए ।

Nic Asia Bank-750X100-SinglePage Below Facebook Comment Ad
Top